इटहरीः इटहरी उपमहानगरपालिकाले आगामी बैशाख देखि लागुहुनेगरी इटहरी उपमहानगरभरीका सामुदायिक विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम पढाउने भएको छ ।
उपमहानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले एघारौँ नगरसभाबाट पारित गरिएको नगरको प्रथम जातीको रुपमा थारु जातिलाई घोषणा गरेपछि थारु भाषामा समेत पठन पाठन सुरु गर्ने निर्णय गरेको हो ।
शुक्रबारको बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ । नेपाल सरकारको निर्णय बमोजिम अन्य भाषाको समेत अध्ययन र अध्यापन गराउनको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
इटहरी उपमहानगर थारुहरुको पुरानो इतिहाँस बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो । पहिलो जातिको सम्मान रुवरुपा थारु भाषाको पाठ्यक्रम तयार गर्दै पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
श्ुाक्रबारको नगरसभाले तीन पाँग्रे सिटि रिक्साको व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ र बाल संरक्षण तथा संवर्दन कार्यविधि अध्ययन गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।