प्रकाश बन्जारा  

इटहरीः आर्थिक मन्दि र व्यापारमा आएको गिरावटका कारण बैंकमा कर्जाको किस्ता बुझाउन नसकेका ग्राहकलाई बैंकले ताकेता बढाउन थालेको छ । 

कतिपय बैंकले त ऋणीलाई ताकेता गर्न बैंकका कर्मचारीलाई सुरक्षा गार्ड सहित घरमै पठाउने गरेको पाइएको छ । हरेक दिन विहान हाकिमले किस्ता भुत्तानी नगर्ने ग्राहकलाई ताकेता गर्न निर्देशन दिने र सोही अनुसार माथिल्लो निकायमा रिपोर्टिङ्ग गर्नुपर्ने भएकाले फोन मार्फत ताकेता बढाइएको बैंकका कर्मचारी बताउँछन् । 

आजभोलीको दैनिक कार्यतालिका भनेकै ऋणिसँगको फलोअप हो सप्तकोसी डेभलपमेन्ट बैँकको एक फिल्ड कर्मचारीले प्रदेश पोर्टलालाई भने । ‘हरेक विहान कर्जाको किस्ता नतिर्ने ग्राहकको सुचि तयार गर्ने र सोही अनुसार फोन गरेर किस्ता तिर्नको लागि अनुरोध गर्ने तालिका छ । फेरी दैनिक माथि जानकारी पनि गराउनु पर्छ । ’उनले भने । 

त्यसो त हरेक क्षेत्रमा आएको आर्थिक मन्दिका कारण कुनै पनि व्यापार भनेजस्तो सन्तुष्ट छैन सोही अनुरुप व्यापारीहरु बैंकको ऋण कसरी तिर्ने भनेर चिन्तामा छन् । 

321419241_711410366998191_6390056701923762734_n

ऋणीले समयमा नै कर्जाको किस्ता नतिर्दा सबैभन्दा तनाव त बैंकले     पनि झेलिरहेका छन् । केन्द्रिय बैंकको  निगरानीमा चलिरहेका बँैकले पनि समयमा कर्जा असुली गर्न नसक्नेहो भने यस्तो कर्जा खराव कर्जामा जान सक्ने खतरा भएका कारण बैंकलाई पनि तनाव बढेको पाइन्छ । 

आर्थिक मन्दिका कारण व्यापार व्यावसाय भनेअनुरुप नचलेको बेला तरलता अभावको कारण देखाउँदै बैंकअरुले निक्षेप आकर्षित गर्न निक्षेपको व्याज बढाउँदा कर्जाको व्याज समेत बढेपछि व्यापारीहरु बढि मारमा परेका छन् । 

यता मोरङ्ग सुनसरी करिडोरका उद्योगीहरुले त बैंकले चर्को  व्याजले व्यापारीको ढाड सेकेको भन्दै आज विहिबारबाट आन्दोलनको घोषणा नै गरिसकेका छन् । 

हरेक क्षेत्रमा आर्थिक मन्दि भएका कारण बैँकहरुमा पर्याप्त लगानी योग्य पुँजी नहुँदा ऋण लिएर अर्को तिरको तिर्ने ऋणीहरु मारमा परेका छन् भने व्यापारमा भनेअनुसारको आम्दानी नहुँदा ऋणीहरु समयमा कर्जा तिर्न सकेका छैनन् । 

316839803_709699927149509_6480321585024295486_n

पौष मसान्ताको व्याज तिर्न बैंक तथा वित्तीय संस्थाले निरन्तर फोन तथा म्यासेज मार्फत ताकेता गरिरहेको बताएका छन् । 

विमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले त फोन र म्यास गर्दै पौष मसान्त सम्ममा व्याज नतिरे चक्रवृद्धि व्याज लगाउने चेतावनी ग्राहकलाई दिएको छ । 

बैंकहरुमा तरलताको अभाव भएको वास्तविकता भएपनि बैंक अनुसार लगानी गर्ने काम भने भइरहेको हिमालयन बैंक विराटनगरका ऋण अधिकृत कमल पराजुली बताउँछन् । ‘तरलता फालाफाल हुँदा एउटा बँैकले ऋण नदिँदा अर्को बैंकले ऋण दिने अवस्था पनि थियो अहिले त्यो छैन । सबैतिर पैसाको अवस्था टाइट नै छ ।’ पराजुली भन्छन् । 

321347930_4119259894881365_2920447747490414422_n

यद्यपि  कसैले कम कसैको बढि भएपनि लगानी भने बैंकहरुले गरिरहेको विश्लेषक समेत रहेका पराजुली बताउँछन् । स्वभाविक रुपमा तीन तिन महिलामा कर्जाको किस्ता चुक्ता गर्नुपर्ने र बैंकहरुले आर्थिक प्रतिवेदन समेत तयार गरेर राष्ट्र बैंकलाई बुझाउनु पर्ने हुँदा खराव कर्जा देखाउन चाँहादैनन् त्यसैले पनि ऋणको किस्ता तिर्न ग्राहकलाई फलो अप गर्नु बैँकहरुको बाध्यता भएको पराजुलीको भनाई थियो । खराव कर्जा बढेपछि प्रोभिजन गर्नुपर्छ । त्यसैले बैंकको  नेटवर्थ घट्ने भयो । त्यसो भयो भने बैंक पव्लिकको नजरमा कमजोर पनि देखिन्छ र नराम्रो प्रभाव समेत पर्छ त्यसो भएकाले पनि बैंकहरुले कर्जाको किस्ताको लागि फलोअप गर्नुपरेको बैंकरहरु बताउँछन् ।