फाइल तस्बिर

बिर्तामोडः प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले झापाका सडक ५५ प्रतिशत मात्र सन्तोषजनक भएको बताएका छन् ।

मन्त्री कार्कीका अनुसार प्राविधिक लापर्वाहीका कारण ४५ प्रतिशत सडक कमजोर छन् । सडक निर्माणमा पर्याप्त बजेट तथा ध्यान पु¥याउन नसकिएको पनि उनले बताएका छन् ।

जिल्ला समन्वय समिति झापाले चन्द्रगढीमा हिजो आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । तत्काल प्रदेश सरकारले कानुन बनाएर सडक निर्माणमा हुने कमजोरीलाई अन्त्य गर्ने बताउँदै उनले ढिलासुस्ती गर्ने ठेकेदारलाई समेत कारवाही गर्ने बताए ।