इनरुवाः भूमिगत रुपमा रही सशस्त्र युद्ध गर्दै आएको खम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले आज सुनसरीमा हतियार बुझाउँदै आत्मसमर्पण गरेको छ ।

४ थान भरुवा बन्दुक, १ थान मस्कट, १ थान पेस्तोललगायतका अन्य हतियारसहित सो समूहका ४ जनाले आत्मसमर्पण गरेका हुन् । सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे तथा अन्य सदस्यको रोहबरमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा ती हतियार बुझाइएको हो ।