गाईघाटः उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ ।

मंसिर १५ गतेदेखि जडान शुरु गरिएको उक्त बेलिब्रिज बिहीबार सम्पन्न भएपछि शुक्रबारदेखि औपचारिक रूपमा गाईघाट दिक्तेलसम्म प्रत्यक्ष यातायातका साधन सञ्चालन हुन थालेको गाईघाट– दिक्तेल सडक कार्यालयले बताएको छ ।

वर्षायाममा सुनकोशी नदीमा पानीको बहाव बढेसँगै ६ महिनाअघि खोलिएको उक्त बेलिब्रिज हिउँद महिना लागेसँगै जडान गरेर यातायात सञ्चालन भएको हो । बेलिब्रिज ५० रहेको छ ।

सुनकोशीमा अहिलेसम्म पनि पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुल निर्माण नहुँदा हिउँदमा ६ महिना बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र वर्षायामसँगै बेलिब्रिज खोलेपछि ६ महिना यातायात बन्द हुँदै आएको छ ।