धरानः नेपाली आदिवासी किरातीहरूको महान पर्व चासोक तङनामको भव्य उत्सव धरानमा सम्पन्न भएको छ ।
लिम्बुवान क्षेत्रमा चासोक तङ्नाम र किरात राई क्षेत्रमा उँधौली भनिने यो पर्व अन्नबाली भित्र्याउने आदिवासी पर्वको रूपमा मनाइन्छ । आज धरानको किरात याक्थुङ चुम्लुङको भवन परिसरमा भएको कार्यक्रममा सयौंको उपस्थिति भएको सहभागी कवि राज माङ्लाकले बताए ।
धरानमा आगामी ९ गतेसम्म चुम्लुङ परिसरमा निरन्तर चासोक तङ्नाम मनाइने पनि कवि माङ्लाकले जानकारी दिए ।