उदयपुरः उदयपुर सदमुकाम गाईघाटस्थित बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा एक महिनादेखि प्रसूतिसम्बन्धी डाक्टर नहुँदा स्थानीय मर्कामा परेका छन् ।

प्रसूतिसम्बन्धी चिकित्सक पवन साह र विशाल देवको सरुवा भएपछि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले सास्ती खेप्नुपरेको हो । बिरामीले उपचारको लागि धरान तथा विराटनगर पुग्नुपर्ने बाध्यता आएको छ ।

चिकित्सक सरुवा हुनेबित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरेको अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियार बताउँछन् । उनी जिल्ला समन्वय समितिका अध्यक्ष पनि हुन् ।