अर्जुन कुमार कार्की

विश्व दिनानुदिन नविनतम सृजना र आविष्कारमा तल्लीन छ । आजका बालबालिकाहरुदेखि प्राय सबै युवा वर्ग यसको गति सँगसँगै बगिरहेको देखिन्छ । प्रविधिको आजको युगमा विश्वको वेगसँगै अहिलेको पुस्ता अघि बढ्नु सुःखद तथ्य हो । विज्ञानको यो वेगले छुटाउन नहुने र सहअस्तित्व कायम गर्नुपर्ने धेरै कुराहरु विर्सेको अनुभति समस्त मानव जगतलाई हुन थालेको छ । 

हाम्रा ऐतिहासिक, पौािणिक, सांस्कृतिक र धर्मिक महत्व बोकेको कतिपय वस्तुहरु अहिलेको बालबालिकालाई चिनाउन समेत हामीलाई हम्मे हम्मे पर्न थालेको पाइन्छ । त्यसैगरी मानव स्वास्थ्य उपचारका लागि नयाँ नयाँ प्रविधिहरु आइरहँदा नयाँ नयाँ रोगहरु पनि सँगसाँगै आइरहेको सर्वविदितै छ । हाम्रा स्थानीय स्वस्थकर उत्पादनहरु प्रयोग नगर्ने र पत्रु खानाहरुको सेवन बढ्नाले  झन् बढि स्वास्थ्य जटिलताहरु देखा पर्न थालेको छ । नेपाल सरकारले पत्रु खानाको प्रयोगलाई निरुत्याहित गर्न अनेकन जोडबल गर्दा समेत यसको प्रयोग झन् बढिरहेको विकराल परिस्थिति हामी सामु स्पष्ट छ ।

tarul-k

 मानव स्वास्थ्यलाई फाइदा पुर्याउने खाद्यान्नको सेवन गर्ने वातावरण सृजना गराउन ढिला भइरहेको र  हाम्रो स्थानीय प्रविधिहरुको अस्तित्व पनि संकटमा परिरहेको यहि परिप्रेक्ष्यमा यस क्षेत्रमा उत्पादन हुने कन्दमुल तरुललाई झापाको मेचीनगर स्थानीय सरकार वडा नं— ४ ले उत्सवको रुपमा ग्रहण गर्ने निधो गरेको छ । 

तरुलको महत्व

आदीम कालदेखि हाम्रो संस्कृति र सभ्यता प्रकृति सँगै जोडिएको छ । हाम्रा पुर्खाहरुले आफनो सृष्टि कालदेखि नै कन्दमुल खादेै चाखदै सफल असफल हुदै आजको मानव सभ्यताको वैज्ञानिक युगमा आइपुगेको पाइन्छ । खान हुने र नहुने वोध नभई अनुभव गर्ने शिलशिलामा यस्ता तरुल जन्य बस्तु खाएर अनुुन्धानको र अभावको कारणले दिवागंत हुनु भएका हाम्रा पुर्खाहरुको स्मरण गदै उहाँहरुको आत्मा शान्तिको कामना गर्दछु ।

तरुल एउटा भरपुर पौष्टिक जमिन मुनी उत्पादन हुने मासुदार खाद्य वस्तु तरुल हो । वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी,आदी तरुलका प्रजाति हुन । हाम्रो स्वास्थ्यको  लागि चाहिने अति आवश्यक तत्वहरु मध्ये धेरैखाले तत्व तरुलमा पाइन्छ । हाम्रा परम्परागत खानपिन संस्कार अव आउने जेनेरेशनले बिर्सदै गइरहेको अझ भन्नु पर्दा अभिभावकले नै हतार र झन्झटबाट मुक्त हुन चाउचाउ, कुरकरे अर्थात अन्य जंकफूडको  प्रयोग प्रसस्त पाइन्छ ।

 दैनिक उपभोग गर्ने खाधन्न वस्तुको दुरुपयोग नै घर गाँउबाट भएको हँुदा यसलाई वेलैमा नियन्त्रण गर्न सके र यस्ता कन्दमुलवाट स्वास्थ्यलाई हुने फाइदाको वारेमा समेत अवगत गराउन आजको आवश्यकता  हो ।  

झट्ट सुन्दा यो कार्यक्रम खिसी ट्याउरे गर्ने खालको लागे पनि यस कार्यक्रमले हाम्रो समाजमा तरुलको महत्व बारे आउदै गरेका पिडिलाई सचेत गराउने यस वडाको लक्ष्य रहेको छ । 

हाम्रा वुढापाकाले उहिल्यैदेखि साँस्कृतिकको पर्व रुपमा माघे संक्रान्ती र तरुलको उत्सवको रुपमा मनाउदै आइरहेको परिप्रेक्षयमा यस पटक हात्ती प्रभावित क्षेत्र मेचीनगर वडा नं  ४ ले तरुलको महत्व र तरुल खेतीतिर किसानलाई आर्कषित गर्नु, जेनेरेशनलाई जंगफुडबाट निरुत्साहित पर्नु, संस्कृति एवं् परम्परालाई पुस्तान्तरण गर्दै जानु आदि उदेश्यका साथ यो अवधारणा ल्याईएको हो । 

tarul (1)

यस क्षेत्रमा हात्ती लाग्ने भएको हुदा घर तरुल, रातो तरुल, सिमल तरुल, सखरखण्डको खेती गर्न सके किसानहरु लाभान्वित हुने र भिर पाखा वाँझो जमिन जताततै, सानो र अप्ठ्यारो ठाँउमा अर्थात सुपारी वगान, तेजपात वगान आदी ठाँउमा पनि तरुल खेतीवाट मानङ्गे आम्दानी हुन सक्ने देखिन्छ । सोही अवसरमा टोल विकास संस्थाहरु वीच टपरा वुन्ने, डोरी बाट्ने, नरिवलको पातको झाडु केलाउने प्रतियोगिता समेत राखीने छ । विद्यार्थी वीचमा लोक संस्कृति झल्कने नृत्य प्रतियोगिता, विभिन्न जनजाती, भेषभुषा आदीको प्रर्दशनी गरिने छ । 

यस वाहेक तरुलको महत्व तथा तरुल खेती विषयमा विज्ञहरुद्धारा जानकारी गराईनेछ । तरुल पोलेको, पकाएको, उसिनेको, चप, पकौडा आदि परिकारका स्टलहरु रहनेछन । त्यस वाहेक कोदोको ढिडो, रोटी, फापरका परिकार, अचारका परिकार, सेल रोटी, भक्का, तिलको लड्डु, तिलको मिठाईका परिकारहरु, विभिन्न जातिय परिकार, पुरानो शैलीमा अर्थात केराको दाम्चामा गाउँले पाराले खसीको मासु भाग लगाई विक्रि गर्ने, कृषि उत्पादन गाउँले हस्तकला, सुन्तला, एवोकाडो, किभि, चिज, घ्यु, मह, लोकल कुखुरा, हाँस, अण्डा, साग सब्जी आदिका स्टलले वाहुण्डाँगी वजार सजिने छ भने दिनभरी अन्य साँस्कृतिक कार्यक्रम पछि नेपालका ख्याति प्राप्त कलाकार काउलीवुढी (सन्ध्या वुढा) तथा फूलन्देवीकी आमा (उमेश राईं)को प्रस्तुती हुने समेत जानकारी गराँउदै, प्रथम बाहुण्डाँगी तरुल उत्सवमा उत्साहित भएर सर्वसाधरण तथा समस्त महानुभावहरुको उत्साहजनक उपस्थितिको लागि अनुरोध गरिन्छ । 

Tarul_20220114090036-1

यस्तो छ , तरुलको महत्व र फाइदा

कृषि सूचनाका अनुसार हाम्रो शरिरका लागि तरुलको महत्व र यो खानाले यस्ता हुन्छन् फाइदाहरुः 

१. छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो हो तरुलयसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

२. तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

३. यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

४. तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

५. यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

६. मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक छ ।

त्यसैले तरुलको महत्व माघिमा मात्र नभई अरु वेला पनि खानु स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ ।                             

लेखकः कार्की झापाको मेचिनगर नगरपालिका वडा नम्बर ४ का जननिर्वाचित वडाअध्यक्ष हुन् ।