इनरुवाः इनरुवा नगरपालिकाका दुईवटा वडामा निर्माण हुँदै गरेका दुईवटा सडक मापदण्ड विपरित निर्माणधिन अवश्थामै गुणस्तरहिन काम हुन थालेको छ।
इनरुवा नगरपालिका ३ नम्बर वडामा रहेको महानन्द पार्क–गुद्रीतर्फ जाने सडक र इनरुवा १ गौरीशंकर टोलमा रहेको कालोपत्रे सडक निर्माण योजनाको निर्माण कार्य निर्माणधिन अवश्थामै मापदण्ड विपरित गुणस्तहिन काम हुँदै गरेको हो ।
इनरुवा नगरपालिका १ नम्बर वडा गौराीशंकर टोल विकासमा १ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरमार्फत ठेक्का टेण्डर स्वीकृत भई निर्माण कार्य हुँदै गरेको सडक मापदण्ड पुरा नगरी निर्माण व्यवसायीले कमसल सडक बनाएको आरोप स्थानीय उपभोक्ताले लगाएका छन ।
गौशीशंकर टोल विकासका उत्तम राईका अनुसार कालोपत्रे सडक निर्माण कार्यका लागि कामको जिम्मेवारी पाएको निर्माण व्यवसायीले लगत इष्टीमेट भन्दा बाहिर गएर धमाधम काम गर्न थालेपछि जनप्रतिनिधि मार्फत गुणस्तरहिन काम नगर्न ध्यानकर्षण गराइएको छ ।
सामाजिक अगुवासमेत रहेका राईले पुरानो खाल्डा खुल्डी हिलो माटो भएको सडकमा सडक मापदण्डका लागि आवश्यक पूर्व कार्य नगरी डब्बुबीएम गरेर कालोपत्रे सडक बनाउने तयारी गरेपछि स्थानीयले सरोकारवालालाई गुहारेको बताए ।
राईले भने, ‘इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, वडाअध्यक्ष प्रमोद पोखरेल, प्रदेशसभाका पूर्व सासंद राजिव कोइराला, नगरपालिकाका प्राविधिक इन्जिनियर उमेश्वर मेहतालगायतलाई गुणस्तरहीन रुपमा भईरहेको कामको विषयमा हामीले जानकारी गराएका छौ।’
वडाअध्यक्ष प्रमोद पोखरेलले प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले नगरपालिका र वडा कार्यालयमा स्विकृत बजेट, लगत, इष्टीमेटलगायत योजनाको विवरण र अनुगमनको जिम्मेवारीका ’दयगतमा कुनै जानकारी नपठाएकाले वडा कार्यालयसमेत जानकारी नरहेको बताए ।
यसैगरि इनरुवा नगरपालिका कार्यालयबाट हुलाकहुँदै महानन्द पार्क–गुद्रीतर्फ जाने सडक कालोपत्रे निर्माणका लागि नेपाल सरकार संद्यिय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत रहेको सडक डिभिजन विराटनगरमार्फत निर्माण कार्यमा समेत न्युनतम मापदण्ड अनुसार पुर्वअवश्थामा गर्नुपर्ने काम नभएको उपभोक्ताहरुले आरोप लगाएका छन ।
स्थानीय उपभोक्ता उज्वल कार्कीका अनुसार माटो र कोशी कटानको बालुवामाथि कालोपत्रे गर्न डब्बुबीएम गरेर सुरुवाती अवश्थामै मापदण्ड विपरित गुणस्तरहीन निर्माण कार्य भएको छ ।
कार्कीले भने, ‘ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीका साइड हेर्ने कर्मचारीलाई बजेट, योजनाको लगत इष्टीमेट माग गर्दा सडक डिभिजन कार्यालय विराटनगरमा गएर बुझ्न भनेकाले स्थानियहरु अन्यौलमा पुगेका छौ।’
सडक निर्माण क्षेत्रमा अनिवार्य रुपमा राख्नैपर्ने योजनाको विवरणसहितको सूचनाको साइनवोर्ड नराखेका कारण अनुगमन गर्न समस्या भएको कार्कीले बताए ।
इनरुवा नगरपालिकाका योजना शाखाका इन्जिनियर उमेश्वर मेहताले हाल नगरपालिका क्षेत्रमा संद्यिय सडक योजना र प्रदेश सडक योजनाबाट हुलाक हुँदै गुद्री जाने सडक, सरकारी वकिल कार्यालय अगाडिको सडक र गौरीशंकर टोलको सडक बाटोमा कालोपत्रे गर्नका लागि निर्माण कार्य हुदै गरेको बताए ।
मेहताले भने, ‘सडक नगरपालिकाको क्षेत्रमा बन्दै गरेपनि आफ्नो कार्यालयमा यससँग सम्बन्धित कुनैपनि विवरण छैन । कतिको बजेटमा कुन लागत इष्टीमेटमा कालोपत्रे सडक निर्माण हुनेछ भन्ने जानकारी छैन ।’
स्थानीय उपभोक्ताको गुनासो आएपनि आफुहरुसँग कुनै कागजपत्र नभएकाले केही जानकारी दिन नसकिने मेहताले बताए ।
सडक निर्माणसमबन्धी कार्य गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बनाएको न्युनतम मापदण्डभित्र पहिलो चरणमा निर्माण कार्य हुने क्षेत्रको सडकमा रहेको घाँस माटो काट्ने मिलाउने कामका लागि सव ग्रेड गर्नुपर्ने प्रावधान रहेको छ ।
यसैगरि दोस्रो चरणमा ग्राभेल गिटी हालेर रोलर लगाएर ६ इन्च सव वेस पेल्ने कार्य गर्नुपर्ने छ भने तेस्रो चरणमा सिमेन्ट मिसिएको डब्लुबीएम ६ इन्च पेलेर वेस कोर्स गर्नुपर्ने मापदण्ड रहेको छ ।
चौथो चरणमा डब्लुबीएम सुकेपछि हावा लगाएर धुलो बालुवा माटोलगायत उडाएर अलकत्रा र मट्टीतेल मिसाएर प्राइम कोर्ट गर्नुपर्ने मापदण्ड रहेको छ ।
पाँचौ चरणमा अलकत्रा र मट्टीतेल मिसाएको प्राइम कोर्ट सुकेपछि अलकत्रा मात्रै पगालेर सडकमा हालेर टेक कोर्ट गर्नुपर्ने मापदण्ड रहेको छ भने सडक कालोपत्रे गर्नका लागि अन्तिम चरणमा लगत इष्टीमेटमा मेसिनमा मिसाएर बनाइएको वा अस्पाल्ट छ भने रोलरले पेलेर थिचेर ४० एमएमको पिच बनाउनु पर्छ ।
न्युनतम मापदण्डअनुसार अस्पाल्ट नभएको लगत इष्टीमेटमा कालोपत्रे गर्न दाउरामा पकाएको अलकत्रासहितको प्रिमिक्स रोलरले थिचेर पेल्दा न्युनतम ३० देखि ४० एमएम हुनुपर्ने व्यवश्था रहेको छ । सो प्रि मिक्स पेलेपछि बालुवा पकाएर सिलकोड गर्नुपर्ने प्रावधान रहेको छ ।