इटहरीः समयमै एम्बुलेन्स नपाउँदा पाँचथरको कुम्मायकमा १९ बर्षीया एक सुत्केरीले ज्यान गुमाएकी छन् ।
जिल्लाको कुम्मायक २ की १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को समयमै एम्बुलेन्स नपाउँदा मृत्यु भएको हो । प्रसूतिपश्चात अत्यधिक रक्तस्राव भएपनि समयमै अस्पताल लैजानको लागि एम्बुलेन्स नहुँदा सत्केरी महिलाको मृतयु भएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे सामान्य अवस्थामै बच्चा जन्माएकी थिइन् । मनिषाका श्रीमान बैदेशिक रोजगारीका लागि गएका छन् ।