फाइल तस्बिर
इलामः इलामको सूर्योदय नगरपालिका–५ ओरेन्जीभ्याल्लीमा शनिबार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।
दिउँसो २ बजे सोही स्थान बस्ने लोकबहादुर लिम्बूको भान्साघरबाट अचानक आगलागी शुरु भएको थियो । आगलागीले उनको भान्सा घर र टिनको छानो भएको २ तले घर तथा छिमेकी बलबहादुर लिम्बूको घरमा समेत आगलागी भएको छ ।
आगलागीबाट दुवै जनाको घर तथा घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।