धरानः धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगितामा विभिन्न खेलका प्रतियोगिता सम्पन्न भएका छन् ।
क्रिकेट, क्रिकसल, फुटबल, फुटसल, बास्केटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, चेस, पबजी, काउन्टर स्ट्राइक र फिफा खेलहरू सम्पन्न भएको आयोजकले जनाएको छ ।
साइन्याप्स आयोजक समितिका क्रिकेट संयोजक दिलिप गुप्ताका अनुसार बीपी डाक्टर्स र केयुएसएमएसबीच भएको फाइनल खेलमा बीपी डाक्टर्सले ७ विकेटले रोमाञ्चक जीत हासिल गरेको थियोे ।
त्यस्तै, बीपी डाक्टर्स र केयुएसएमएसबीच भएको फाइनल क्रिकसल म्याचमा बीपी डाक्टर्सले जीत हासिल गरेको संयोजक रमिता चौलागाईंले बताइन् ।
त्यस्तै फुटबल संयोजक प्रबिन भुसालका अनुसार बीपी ह्वाइट र सिएमसी सिनियर्सबीच भएको फुटबलमा दुवै टिमले १ –१ गोल गरेपछि बीपी हइटले टाइब्रेकरमा ४–१ ले जीत हासिल गरेको थियो । बीपी गल्र्स र नोबेलबीच भएको फाइनल फुटसल खेलमा बीपी गल्र्सले जीत हासिल गरेको थियो ।
बास्केटबलअन्तर्गत बीपी ब्ल्याक र केएमसी (ब्वाइज) बीच भएको खेलमा बीपी ब्ल्याकले ५४–४४ अङ्कले जीत हासिल गरेको जानकारी बास्केटबल संयोजक आशुतोष पाण्डेले दिए । विराट र बीपी गल्र्सबीच भएको खेलमा बीपीले २४–९ ले जितेको थियो ।
भलिबल अन्तर्गत फाइनलमा बीपी ब्लु र सीएमसी (ब्वाइज) बीचको खेलमा बीपी ब्लुले ३–० ले जितेको थियो । नोबेल र बीपी ब्लु (गल्र्स) बीचको खेलमा नोबेलले ३–२ ले जितेको भलिबल संयोजक डिबि गुरुधामीले बताए ।
टेबलटेनिसमा बीपीका प्रज्ज्वल कार्कीले आइओएमका बम्सदीप थपलियालाई हराएका छन् । त्यस्तै, बीपीकी मनिषा श्रेष्ठले किस्टकी सुस्मिता थापालाई पराजित गरेको खेल संयोजक मृदुल दाहालले बताए ।
टेबलटेनिस जोडीअन्तर्गत आइओएमका बम्सदीप र डिजेसको जोडीले बीपीका डा. सुजित र रविको जोडीलाई पराजित गरेको थियो । त्यस्तै, बीपीका मनिषा र प्रकृतिको जोडीले किस्टकी सुस्मिता र निधिको जोडीलाई पराजित गरेको थियो । टेबलटेनिस मिक्स्ड अन्तर्गत बीपीका सुभास र मनिषाको जोडीले दिवाकर र समीक्षाको जोडीलाई पराजित गरेको थियो ।
बुद्धिचाल खेलमा आइओएमका सुशान्त गौतम पहिलो, बीपीका सन्तोष थापा दोस्रो र आइओएमका सन्दीप न्यौपाने तेस्रो भएका थिए ।
मोबाइल गेम पबजी स्कुवाडअन्तर्गत आशिष शाही नेतृत्वको बीपीको टिम पहिलो, निकिता कार्की नेतृत्वको विराटको टिम दोस्रो र पीयूष कमल नेतृत्वको बीपीको टिम तेस्रो भएको थियो ।
त्यस्तै, पबजी जोडीअन्तर्गत तगाइरा र नियोलको जोडी (डिपिएस) पहिलो, किवा र आयुषको जोडी (डिपिएस) दोस्रो र आरध्या तथा सर्वज्ञको जोडी (एनएमसी) तेस्रो भएका थिए । पबजी एकलमा बीपीका सौर्यन सिन्हा पहिलो, विकास भन्डारी दोस्रो र प्रशान्त केसी तेस्रो भए ।
मोबाइल गेम पबजी ज्याकपटअन्तर्गत बीपीको पीयूष कमल नेतृत्वको टिम पहिलो, तगाइरा सुब्बा नेतृत्वको डिपिएसको टिम दोस्रो र अभिषेक कुमार नेतृत्वको बीपीको टिम तेस्रो भएको जानकरी पबजी संयोजक दिव्य दर्शनले दिए ।
कम्प्युटर गेम फिफा २०१८ अन्तर्गत कम्सका निरज पौडेल पहिलो, बीपीका उज्ज्वल राउत दोस्रो र बीपीका निशान अर्याल तेस्रो भएको जानकारी फिफा संयोजक प्रशान्त केसीले दिए ।