बेलबारीः रोकेर राखेको बसमा मोटरसाइकल ठोकिँदा बेलबारीमा फुपू भदाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बेलबारी–८ को जङ्गलमा घटना भएको थियो । उदयपुरको कटारीबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात्रुलाई शौच गराउनका लागि रोकिराखेको अवस्थामा सोही दिशातर्फ गइरहेको मे ८ प १८७८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक इलामको फाकफोकथुम–५ का २२ वर्षीय प्रवीण तामाङ र मोटरसाइकलको पछाडि सवार झापाको बुद्धशान्ति–३ की ४५ वर्षीया नरमाया तामाङ घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसचालक र बस प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने फुपू भदा रहेको बताइएको छ ।