धनकुटाः नेपाल पत्रकार महासङ्घको पाँचौं केन्द्रीय कमिटी बैठक १७ बुँदे धनकुटा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
२ दिनसम्म चलेको सो बैठकले हालै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनका निर्णय कार्यान्वयनका सम्बन्धमा विधान संशोधन गर्न मस्यौदा समिति गठन सम्बन्धमा छलफल गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै, फागुनमा हुने साधारण सभा पोखरामा गर्नेसमेत निर्णय भएको जानकारी गराइएको छ । धनकुटा जिल्लालाई अर्गानिक सिटीका रूपमा विकास गर्ने साथै जिल्लाको कृषि, धार्मिक, पर्यटन, वातावरण विकासका लागि नेपाल पत्रकार महासङ्घ धनकुटाले प्रचारप्रसारको माध्यमबाट सहयोग पु¥याउने निर्णय भएको महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।
बैठकमा महासङ्घका पदाधिकारी, सदस्यहरू, एसोसिएट संस्थाका प्रमुखहरू, प्रदेश प्रमुखसहित ५ दर्जन सहभागी थिए ।