इटहरीः  केही दिनदेखि चिसो बढेसंगै इटहरी उपमहानगरले दुई दिनका लागि उपमहानगरभरीका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो अत्याधिक बढेसंगै उपमहानगरलेदुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले मंगलबार  प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष २८ र २९ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गरिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै विद्यालय बन्द गर्ने भनिएको छ ।

6ef17a11-4815-40cc-a500-077625cbb67d