धनकुटाः धनकुटाको पाख्रीबास–७ स्थित मुगामा धनकुटाका सांसद र एमाले नेताहरू चढेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी संसद राईसहित अन्य ५ जना घाइते भएका छन् ।
बा १ झ ५८७१ नम्बरको जीप दुर्घटना हुँदा प्रतिनिधि सभाका सांसद राईसहित एमाले नेताहरू अर्जुन राई, नैन बिक, शान्तिराम गौतम, सरोज राई घाइते बनेका हुन् ।
उनीहरू सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सांसद राईको घुँडामा चोट लागेको बताइएको छ । घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।