धनकुटाः नेपाल प्रेस युनियनको धनकुटा शाखाको नयाँ नेतृत्व चयन गर्दै नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
युनियनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा हिमा चेम्जोङ, उपाध्यक्षमा अजय न्तोषी राई र नरेन्द्र राई तथा सचिवमा विकास घिमिरे चयन भएका छन् ।
त्यस्तै, सहसचिवमा शर्मिला राई, कोषध्यक्षमा पूर्णकुमार चौधरी छानिएका छन् । सदस्यहरूमा आशिष लिम्बू, धनबहादुर परियार, करुण कटुवाल, सफल राई, विजयशेखर श्रेष्ठ, टीकाराम कटुवाल, आकृति राई आठपहरिया, बलराम चौधरी र धनकुमार लावती चयन भएको निर्वाचन समितिका संयोजक लाखमान राईले जानकारी दिए ।
त्यस्तै प्रदेश पार्षदहरूमा विनोद घिमिरे, कविराज घिमिरे, यानिन्द्र तिगेलालगायत चयन भएका छन् । केन्द्रीय पार्षदमा विदुर खवास, मोहन बान्तवा, हरिबहादुर लम्जेल खगेन्द्रप्रसाद घिमिरे, राजेश्वरबहादुर श्रेष्ठ, सुनिलकुमार डङ्गोल, सुमना तिम्सिना लगायत ३४ जना चयन भएको केन्द्रीय प्रतिनिधि नवीनबाबु राईले जानकारी दिए ।