फाइल तस्बिर

भोजपुरः भोजपुरको पौवादुङमा गाउँपालिकाको वडा नम्बर ३ च्याङ्ग्रेमा आइतबार राती आगलागी हुँदा ५ लाखको क्षति एउटा घर जलेर नष्ट भएको छ । स्थानीय कुमार श्रेष्ठको घरमा राती ११ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेबेले बताए ।

घरधनी श्रेष्ठ मादक पदार्थ सेवन गरी आफैँले घरमा आगो लगाएको हुन सक्ने आशङ्कामा श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री जल्दा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी र प्रहरीको टोलीले १ घण्टापछि नियन्त्रणमा लिएको डिएसपी थेबेले बताए ।