इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले बुधबारबाट आफ्नो पदवहाली गरेका छन् । 

 नेपाल सरकार गृह मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट गत  पौष २९ गते सबै प्रदेशका प्रहरी प्रमुखको हेरफेर भएअनुरुप ज्ञवाली प्रदेश १ मा हाजिर भएका हुन । 

यस अघि साईबर ब्यूरो भोटाहिटी काठमाण्डौमा कार्यरत ज्ञवाली बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका प्रहरी अधिकृतमा पर्छन । 

ज्ञवालीले  अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हासिल गरीसकेको प्रदेश १ प्रहरी कार्यलयले जनाएको छ । 

 बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह सकेका ज्ञवालीले बुधबार पदभार ग्रहण गदे प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।