विराटनगरः मोरङ उर्लाबारी ५ तरुण चोकका सुन पसल सञ्चालक  गोपाल गौतम सर्वसाधारणको साढे १२ करोड बढी पैसा लिएर फरार भएका छन् । 

सुनपसल सञ्चालक ४९ वर्षीय राजेश भनिने गोपाल गौतमले सर्वसाधारणको  १२ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएका हुन । गौतमले उर्लाबारी क्षेत्रका ३३६ जना सर्वसाधरणले बचत गरेको पैसा हिनामिना गरेर फरार भएको पिडितहरुले बताएका छन् ।  

आफुहरुले बचत गरेको पैसा लिएर सुन पसले बेपत्ता भएपछि पिडितहरु मंगलबार जिल्ला प्रशासन कार्यलय मोरङ्ग पुगेका थिए ।  

गौतमलाई पक्राउ गरी कारवाही गर्न र सर्वसाधरणको सम्पत्ति फिर्ता गराइदिन पिडितहरुले माग गरिरहेका थिए । उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालालाई भेटर फरार भएका गौतमलाई पक्राउ गरी कानुनी कारवाहीको दायारमा ल्याउन आग्रह गरे ।

उर्लाबारी – ६ डिबी मार्गमा गौतम सुनचाँदी पसल संचालन गर्दै आएका राजेशले आकर्षक ब्याज दिने प्रोलभनमा पारी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड ६६ लाख रुपैयाँ लिएर तीन वर्षदेखि फरार छन् । वर्षौ बितिसक्दा पनि आरोपी पक्राउ नपरेको कारणले गौतमलाई पक्राउ गरी कानुनी कारवाही र बचतकर्ताहरुले जम्मा गरेको रकम फिर्ताको माग राख्दै प्रशासन कार्यालयमा धर्ना दिन आउनुपरेको पीडित मध्येका  पदम भण्डारीले बताए । 

सुनचाँदीको कारोबार गर्ने अनुमित लिएर गौतमलले गैरकानुनी बैंकिङ कारोबारको घटना बाहिर आएको वर्षौ भइसक्दा पनि आरोपीलाई पक्राउमा प्रसानले चासो नदेखाएको पिडितहरुको आरोप छ  ।

व्याज दिने लोभमा सर्वधारणले गौतमको पसलमा पसलमा एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म पैसा जम्मा गरेका थिए  । 

उनीहरूले गौतमको पसलमा पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए । तीन सयभन्द बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरेका छन् ।