काठमाडौंः सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा शनिबार हल्का हिमपातको सम्भावना छ ।

साथै सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहने महाशाखाले अनुमान गरेको छ ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको पनि जनाएको छ ।

शनिबार राति प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने भएको र तराईका धेरै भू–भागमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सावधानी तथा सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोधसमेत गरेको छ ।