विराटनगरः प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेश १ भरीका प्रहरी प्रमुखहरुलाई चुस्त सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

 भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै प्रमुख ज्ञवालीले  समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिएका थिए ।  

निर्देशनको क्रममा ज्ञवालीले  अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आदेश गरेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।  

भिडियो कन्फ्रेन्समा ज्ञवालीले  सङ्गठनको उद्देश्य तथा गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिएका थिए भने  सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ–आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए ।

326399826_1260678847854441_5546015078274712575_n