इटहरीः इटहरीमा सञ्चालन भइरहेको इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा.खगेन्द्र ओलीलाई यस बर्षको भारतीय चिकित्सा रत्न सम्मान प्रदान गरिएको छ । 

लामो समय देखि चिकित्सा क्षेत्रमा योगदान गरीरहेका डा.ओलीलाई भारतको विहारमा रहेको आरोग्य गुरु राष्ट्रिय हिन्दी मासिक पत्रिका र डा. यदुविर सिन्हा होमियोपेथिक मेडिकल कलेज एण्ड हस्पिटल दरभंगाबाट प्रदान गरिएको हो । 

इटहरीमा रहेर लामो समयदेखि चिकित्सा क्षेत्रमा गरिब, विपन्न तथा उपेक्षित वर्गका विरामीहरुलाई निःशुल्क औषधि उपचार, परामर्श लगायतका जिवन उपयोगी सेवाको कार्य गरेको भन्दै डा.ओलीलाई सम्मान गरिएको संस्थाले जनाएको छ । 

ग्रामिण भेगमा गएर विपन्न वर्गलाई निशुल्क उपचार गर्नुका साथै हेल्थ चेकअप क्याम्प संचालन गरेको भन्दै डा. ओलीलाई सम्मान गरिएको हो ।  सम्मान पाएपछि डा. ओलीले चिकित्सा क्षेत्रमा थप सेव ागर्ने हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन्  ।