इटहरीः रामधुनी नगरभरी रहेका निजी तथा आवासिय विद्यालयहरुले भोली आइतबार देखि एक हप्तासम्म खेलकुद सप्ताहको आयोजना गर्ने भएका छन् ।
विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदमा समेत संलग्न गराउने निजी विद्यालयहरुले खेलकुद सप्ताहको आयोजना गर्न लागेको रामधुनी नगर प्यावसनका अध्यक्ष अच्युत ढकालले बताए ।
भोली फागुन ७ गते आइतबारबाट शुरु हुने खेलकुद सप्ताह फागुन १४ गते आइतबारसम्म चल्ने आयोजकले बताएका छन् । खेलकुद सप्ताहमा बेसिक लेवल र प्राइमरी लेवलका बिद्यार्थीहरुलाई भलिवल र फुटवल प्रतियोगितामा सहभागी गराउने र बिजेतालाई पुरस्कृत समेत गर्ने रामधुनी नगर प्यावसनका सचिव हरि रायमाझी बताउँछन् ।
खेलकुद सप्ताहका कार्यक्रममा फुटवल प्रतियोगिता रामधुनी ३ मा रहेको पिप्राहा खेलमैदानमा हुने र भलिवल प्रतियोगिता रामधुनी ७ मा रहेको पन्चायन विद्या मन्दिरमा आयोजना हुने रामधुनी नगर प्यावसनको भनाई छ ।