विराटनगरः प्रदेश १ को सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका कामको प्रगति विवरण सर्वजनिक गरेको छ ।
मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मातहतका निकायमा ९८ करोड २२ लाख १ हजार रुपैयाँ निकासा गरिसकेको जानकारी गराइएको हो ।
मन्त्रालयले प्रदेश सङ्ग्रहालयलाई ४२ लाख, स्वास्थ्य निर्देशनालयलाई १ करोड ६७ लाख ३५ हजार, कोशी अञ्चल अस्पताललाई १२ करोड १२ लाख ८८ हजार, मेची अञ्चल अस्पताललाई ४ करोड २८ लाख ८८ हजार निकासा गरेको जनाएको छ ।
त्यस्तै, शिक्षा तालीम केन्द्र सुनसरीलाई ४ करोड ८५ लाख ४२ हजार, शिक्षा विकास निर्देशनालय धनकुटालाई ३१ करोड ७५ लाख ४२ हजार निकासी भएको छ । प्रदेशका अस्पतालहरूको कार्यक्रम खर्चलाई ४० करोड १८ लाख २५ हजार, रोजगार सूचना केन्द्रलाई १९ लाख ८३ हजार, सीप विकास तालीम केन्द्रलाई २ करोड ७१ लख ९८ हजार निकासी गरिसकेको जनाएको छ ।
३ करोड ९९ लाख ९२ हजार बाँकी रकम केन्द्रमा फिर्ता पठाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।
मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को बजेट ३ अर्ब ६८ करोड ८७ लाख रहेको छ ।