धरानः तमू ल्हाेसारकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरिएकाे छ । धरानकाे लांघाली सामुदायिक भवनमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीकाे प्रमुख अतिथ्यमा शुभकामनाअादान प्रदान सम्पन्न भएकाे हाे ।

गुरुङ समुदायकाे धर्म कला सस्कृती र संकारलाई जगेर्ना गरि नेपाल र नेपालीहरुको सांस्कृतीक पर्यटनलाई बिकास र बिस्तार गर्ने उदेश्यका साथ  कार्यक्रमका अायाेजना गरिएकाे  बताइएकाे छ । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदले सुनसरीले अायाेजना गरेकाे कार्यम्रममा गुरूङ समुदायका विभिन्न सांस्कृतिक पक्षलाइ उजागर गरियाे । 

परिषद सुनसरी अध्यक्ष वकसमान गुरूङले जिल्लाभरीबाट भेला भएका गुरूङ समुदायका व्यक्तीलाइ शुभकामना दिएका थिए । प्रमुख अतिथि भण्डारीले शुभकामना दिँदै सबै जातजातीकाे फुलवारी भएकाे हुँदा नेपाल सुन्दर समाज भएकाे बताए । उनले अादिवासीहरूकाे राष्ट्रिय पर्वलार्इ राष्ट्रकाे मुलभुत मार्गमा ल्याउन पहल गर्ने बताए ।

48416012_303954243795434_8035429330261639168_n

यश कार्यक्रममा तमु जातीको ९० बर्षिय बृद्ध बुवा श्री मानध्वज गुरुङ र ८६ बर्षिय बृद्ध आमा श्रीमति खड्गीमाया गुरुङलाई सम्मानित गरिएको छ । त्यसै गरि सुनसरी जिल्लाका आर्थिक अवस्था कमजोर र अध्ययनमा उत्कृस्ट ३ जना बिध्यार्थीहरु इटहरी कबिर मा.बि. मा कक्षा ९ मा अध्ययनरत बिटिना गुरुङ , इनरुवा का कक्षा ७ मा अध्ययनरत नियोन गुरुङ र धरान पब्लिक स्कुल मा कक्षा ८ मा अध्ययनरत शृस्टिना गुरुङलाई जनही ४०००/- सहितको अध्ययन छात्राबृती प्रदान गरिएको छ । आजको कार्यक्रममा आफ्नो आदिवासी तमु जातिको तमु राष्ट्रिय पर्व बिदा कटौती गर्न नहुने माग गरिरहेको जिल्ला सदस्य दिव्य गुरूङले जानकारी दिए ।

1

 पुस -१५ लाई नया बर्ष ( ल्हो ) फेरिने , स्वागत गर्ने महान चाडको रुपमा मनाउँदै अाइएकाे  ।  यो बर्ष कुकुर बर्गलाई बिदाइ गरेर मृग बर्गलाई स्वागत गरेर गुरुङ समुदायका परिवारहरु एकै ठाउँमा भेला भएर आ आफ्नो सुन्दर भेष भुषामा सजिएर मीठो मिठो परिकार खाएर नयाँ बर्षलाई स्वागत गरि हर्षउल्लासका साथ पर्व मनाउने गरेका छन् ।

2