इटहरीः ट्राफिक प्रहरी पोष्ट मुलघाट धनकुटा र ट्राफिक प्रहरी पोष्ट जलजले उदयुरमा कार्यरत दुई जना ट्राफिक प्रहरीलाई माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाए अनुसार ट्राफिक प्रहरी पोष्ट मुलघाट धनकुटामा कार्यरथ प्रहरी हवल्दार खेमराज प्रसाई र ट्राफिक प्रहरी पोष्ट जलजले उदयुरमा कार्यरत प्रहरी जवान विशाल खतिवडा माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका हुन । 

प्रदेश १ भरी रहेका ट्राफिक प्रहरीहरुबाट कार्यसम्पादन मुल्याँकनको आधारमा दुई जना ट्राफिक प्रहरीलाइ उत्कृष्ट ट्राफिक प्रहरीको पुरस्कार प्रदान गरिएको प्रहरी उपरिक्षक तथा प्रदेश १ ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले जनाएका छन् । 

महतोका अनुसार आफनो आफ्नो क्षेत्रमा सञ्चालन हुने सवारी साधनका चालकलाई लक्षित गरी ट्राफिक जनचेतनामुलक कार्यक्रम माफैत चालक प्रशिक्षित गराई उक्त क्षेत्रमा हुने दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको साथै अव्यवस्थित पार्किङ्ग, हटाउन प्रभावकारी ट्राफिक व्यावस्थापन मिलाउन भुमिका खेलेको भन्दै दुई जना ट्राफिक प्रहरीलाई माघ महिनाको उत्कृष्ट प्रहरीको उपाधि प्रदान गरिएको बताइएको छ ।