इटहरीः इटहरीको जनता माध्यामिक विद्यालयले आयोजना गरेको जनता ओलम्पिक २०७९ को समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरिएको छ । 

विद्यार्थीलाई पढाई बाहेकका गतिविधिमा संलग्न गराउन र फरक क्षमताको पहिचान गर्न जनता ओलम्पिकको आयोजना गरेको र त्यसमा सहभागि सम्पुर्णमा प्रद्यानाध्यापक पशुपति सिग्देलले धन्यवाद व्यक्त गरेका थिए । 

जनता ओलम्पिकको  समापनकै अवसर पारेर जनता माविले पत्रकार विवेक विवस रेग्मी र हिमाल दाहाललाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको छ । 

पत्रकारीताको माध्यमबाट शिक्षाको श्रीवृदिमा सहयोग गरेको भन्दै पत्रकारलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य व्यक्ति गर्दै प्रमुख अतिथी चौधरीले विद्यालयको भौतिक संरचना तथा विद्यालय बस र कम्प्युटरको लागि आफ्नो तर्फबाट सहयोग गर्ने वचत वद्धता व्यक्त गरीन भने प्रदेश सांसद मिना श्रेष्ठले आफुले अध्ययन गरेको विद्यालयमा आएर अतिथी बन्न पाउँदा गौरव लागेको बताइन । 

328847935_1139048423436487_6825420915924151348_n

सोहि कार्यक्रमको अवसर पारेर प्रमुख अतिथी चौधरीले विद्यालयले नमुना विद्यालय वापत अनुदान पाएर निर्माण गरिएको विद्यालयको १२ कोठे भवनको समेत उद्घाटन गरिन । 

कार्यक्रममा जनता ओलम्पिक अन्तगतको महिला भलिवल, बक्तृत्वकला तथा लोक नृत्य प्रतियोगितामा प्रथम द्धितीय तथा तृतीय हुने विद्यालय र विद्यार्थीलाई नगद पुरस्कार मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । 

वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तुलसा राईलाई विद्यालय व्यवस्थापन समितिकी सदस्य सरिता कार्की लामाले आफ्नो तर्फबाट दश हजार नगद पुरस्कार प्रदान गरेकी थिइन । अन्य प्रतियोगितामा प्रथम , द्धितीय र तृतिय हुने विद्यार्थीलाई व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, विद्यालय व्यवस्थापन समितीका सदस्य तथा प्रद्यानाध्यापकले पुरस्कार प्रदान गरेका थिए ।