इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो । जस अनुसार अधिकांसको निःशुल्क बीमा पाईसेकेका छन ।

    इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै ‘सबैका लागि सँधैका लागि स्वास्थ्य’ भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको हो । 

image_6483441 (3)

   साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्ने छ । मेयर पौडेल भन्छन् यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ । 

    भवितव्य रुपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिव तथा विपन्नहरुको निशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषत आर्थिक रुपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाँढा रहेका छन् । तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नोे घोषणापत्रमा अनुरुप स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाई छ । 

   अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा भनिएको छ । वडा कार्यालय सँगको समन्वयमा घरबाटै बीमामा आवद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बीमा कर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।