इटहरीः कुनै बेला सुनसान इटहरी अहिले घना बस्ती सहितको उपमहानगर भएको छ ।  इटहरी गाउँपन्चायतदेखि विकास हुँदै महानगरको यात्रामा लम्केका इटहरीका केही पुराना पात्रका अनुसार इटहरी पहिला खेतीले भरिएको थियो भने बस्ती निकै कम थियो । तर चमत्कारिक रुपमा भएको विकास पछि अहिले इटहरी स्वर्ग भएको उनिहरुको बुझाई छ । 

इटहरी उपमहानगर परिसरमा रहेको नवनिर्मित प्रशासनिक भवनको छेवैमा एउटा सानो कोठा छ । कोठाको अगाडि एउटा टहरो निर्माण गरिएको छ र त्यही टहरामा दैनिक एक सयको हाराहारीमा जेष्ठ नागरिकहरु बस्ने गर्छन ।  इटहरीको २० वटै बडाका नगारिकहरु सदस्य रहेको सो जेष्ठ नागरिक समाजमा आवद्ध सदस्यहरुको भजन गर्ने थलोको रुपमा विकास भएको चौतारीमा एउटा छुटै रौनक छ । 

334708282_1939261923085693_974688378143425731_n

उमेर ढल्किँदै गएपछि वृद्धहरु घरमा हेला हुन्छन् । धेरैका घरमा छोरा छोरी जागिरे छन् । कतिका त नाति नातिना समेत घरमा छैनन् त्यसो भएपछि दिन विताउन निकै मुस्किल पर्छ त्यहि भएर पनि जेष्ठ नागरिकहरु  उपमहानगर परिसरको जेष्ठ नागरिक समाजमा दैनिक भेला हुने गर्छन । दुःख सुःख साटासाट गर्छन । भजन गाउँछन् , बजाउँछन् र आफ्नो उत्तर्राध जीवनलाई हर्षित तुल्याउँछन् । 

२०२२ सालदेखि इटहरीमा बसोबास गरेको टंक प्रसाद भेटवाल ५ रुपैँयामा २ किलो मासु किनेर खाएको कथन गर्छन । हाल इटहरीको जनता मावि रहेको ठाउँमा दिउँसै स्याल कराउने गर्दथे । ९ सय रुपैँयामा भेटवालले बिघा जग्गा किनेका थिए गछियामा । कहिले गछिया कहिले इटहरी गर्दै उनि पछि इटहरीमा रमाए र बसाई सरी आए । 

334085297_2386249194873328_7995595060642630801_n

२०६५ सालमा जेष्ठ नागरिक समाज इटहरीको पहिलो विद्यान निर्माण गर्ने टोलीमा मुक्ति पोखरेल पनि थिए । संखुवासभाबाट इटहरी आएका मुक्तिको अनुभवमा पनि इटहरी अहिले भन्दा धेरै फरक थियो ।  उनिहरुकै सक्रियातामा जेष्ठ नागरिक समाज इटहरी समाजकल्याण परिषदमा समेत दर्ता भइसकेको छ ।  पछिल्लो समय दाताबाट , उपमहानगरबाट सहयोग पाएपछि समाजले अक्षय कोष समेत खोलेको छ जहाँबाट आवश्यकता अनुसार समाजको हितका काममा पैसा खर्च गर्छन उनिहरु । जेष्ठ नागरिक समाज इटहरीको चौतारीमा दैनिक जसो वृद्धहरुले दुःख भुलाउने गरेका छन् । 

यता इटहरी ४ की चन्द्रावती पौडेल घरमा एक्लोपन भएपछि दुःख भुलाउन चौतारीमा धाउने गरेकी छन् । पहिला चौतारीमा आएर बानी पर्न निकै सकस परेको सुनाउने पौडेल अहिले भने यहाँ आउन र रमाउन थालेकी छन् । छोरा बुहारी जागिरे भएकाले चन्द्रावती इटहरी ४ स्थित घरमा एक्लै हुन्छिन् । तर चौतारीमा आउन थालेपछि उनको एक्लोपन अहिले हटेको छ । चौतारीमा आउने दुःख सुःख साट्ने र भजन गाउने चन्द्रावतीको दैनिकी हो । 

उमेरले ८१ कटेका इटहरी ५ का देवीप्रसाद पासवानलाई इटहरीको बिकास क्रमबारे निकै लामो समयदेखि थाहा छ । २०१५ सालमा पहिलो पटक इटहरी आएका देवीलाल पासवानलाई अझै याद छ इटहरी चोकमा महेश्वर सुव्वाको एउटा काठे घर बाहेक केही थिएन । पासवान सप्तरीबाट इटहरी सरेका हुन । सप्तरीबाट २०३९ सालमा आएदेखि इटहरी ५ मा बसोबास गर्ने पासवान टेँग्रा खोलालाई संरक्षण गर्न सक्यो भने इटहरीमा डुवान नहुने दावी गर्छन । ६ बर्षदेखि जेष्ठ नागरिक चौतारीमा आउन थालेकी टिकादेवी ओझा चौतारीले आफुहरुलाई दुःख साट्ने भरपुर माध्यम बनेको बताउँछिन् । इटहरीको विगतका बारेमा थाहा नभएपनि ओझालाई अहिलेको इटहरी निकै सुन्दर र विकास भएको शहर लाग्छ । 

329630254_6188134807915501_3744558062439470151_n

इटहरी ५ की ओझा जेष्ठ नागरिक चौतारीमा आउन थालेपछि आफुहरुको भाषण कला तथा व्यक्तित्वमा विकास भएको बताउँछिन् । सानो इटहरी आज धेरै परिवर्तन भएको बताउँने ओझा हरे राम भन्न नआउनेले आज आफँै भजन गाउँन सक्ने भएकोमा खुशी छिन् । 

जेष्ठ नागरिक समाज इटहरीको  दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै गरेका खगेन्द्रप्रसाद निरौला २०२१ साल देखि इटहरीको सेरोफेरोलाई जान्दछन् । अध्यापनको जागिरबाट रिटायर्ड भएपछि इटहरीलाई आफ्नो बसोबासको थलो बनाएका निरौला २०६० सालदेखि निरन्तर बसोबास गर्छन ।

334151519_1315974612295994_7581220973429630113_n


पोखरीको डिल, अनि रुखको फेद वृद्धहरुलाई बस्ने र दुःख सुःख साट्ने अर्को उत्कृष्ट गन्तव्य कुनै हुनै सक्दैन त्यसैले पनि आफुहरुलाई छुटाइएको जुट विकासमा जग्गा छाडेर आफुहरु यही बस्न रुचाएको निरौलाले सुनाए । ‘अहिले हेमकर्ण पौडेल नगरमा प्रमुख भएर आइकन आफुहरुलाई ओत लाग्ने छानो र भुईमा गिट्टी हालिदिएका छन् । पहिला चौतारीमा भेला हुने वृद्धहरुलाई उपमहानगरका कार्यालय सहयोगीले नै  चिया बनाएर  दिने गरेका थिए तर  अहिले चिया खर्च भनेर मासिक १५ हजार रुपैँया दिने गरेको छ ।’ निरौलाले सुनाए । 

दैनिक ११ बजेदेखि २ बजेसम्म जेष्ठ नागरिक चौतारीमा भेला हुने उनिहरु बेला बेला ३ बजेसम्म बस्छन् नत्र २ बजे उनिहरुको छुट्टी हुने समय हो ।

334659181_143005081703924_1610759870714238419_n