इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ७८१६ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको को १२ प ९५०८ नम्बरको मोटरसाइकल इनरुवा– ३ पीपलचोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।