प्रकाश बन्जारा  

गौरादहः  कुनै बेला घण्टाको पँचास रुपैँया हाजिरामा काम गर्ने झापाको गौरादह नगरपालिका वडा नम्बर ४ का नमुना एकीकृत सहकारी वीउ उत्पादन समुहका सदस्यको जिवन सामुहिक वीउ उत्पादन कर्मले माथी उकासेको छ । 

९ बर्ष पहिले स्थापना भएको सामुहिक वीउ उत्पादन खेतीमा पहिले प्रतिघण्टा ५० रुपैँया हाजिरामा काम गर्ने किसानहरु अहिले काम गर्न छाडेका छन् । 

एक कट्ठा जग्गालाई एक शेयर मान्ने गरी ७९ जना किसानबाट ८० बिघा जमिनमा सामुहिक कृषि खेती सुरु गरेका किसानलाई पहिला लगानी डुव्लाकी भन्ने जोखिम थियो तर समयसँगै उनिहरुको उक्त जोखिम हटेको छ । 

८० विघा जमिनमा वीउ उत्पादन गर्ने र त्यो वीउ बिक्री गरेर त्यसको प्रतिफल लिने किसानहरु अहिले कोही लघु उद्योगमा लागेका छन् त कोही पाहुना घर र कोही अन्य सामुहिक खेतीबाटै सन्चालित परियोजनामा जागिरे बनेका छन् । अरु भन्दा पनि आफुले सदस्यको जिवनलाई माथी उकास्ने तर्फ जोड दिने गरेको नमुना एकीकृत सहकारी विउ उत्पादन समुहका अध्यक्ष वेदनिधि चापागाई बताउँछन् । 

९ बर्ष पहिले वीउ उत्पादन सुरु गर्दा घण्टाको ५० रुपैँया हाजिरामा कामगर्ने सदस्यहरु अहिले ३ जना त नमुना अचार लघु उद्योगको सन्चालक बनेका छन् भने त्यही लघु उद्योग सन्चालन गर्ने मध्ये ३ जना अचार उत्पादन कसरी गरिन्छ भनेर तालिम दिने समेत बनेका छन् । सदस्यलाई आत्मनिर्भर बनाउन नमुना अचार लघु उद्योग सन्चालन गरेका महारानी झोडाको यस सामुहिक वीउ उत्पादन समुहले ६ जना सदस्यलाई अचार उत्पादनको लागि लगानी समेत गरिदिएको छ ।  

संस्थाले लघु उद्योगको १० प्रतिशत लगानी गरिदिएको छ घने बाँकी सदस्य आफँैले गरेका छन् । शुरुमा अचार कसरी बनाउने भन्ने तालिम लिएर उद्योग सुरु गरेका सदस्य मध्ये ३ जना अहिले तालिम सहजकर्ता बनेका देशमा विभिन्न ठाउँमा तालिम दिन पुग्छन् । उनिहरुले दिनको ५ हजार सम्म तालिम प्रदान गरेको पारिश्रमिक पाउने गरेको संस्थाका अध्यक्ष वेदनिधी चापागाईको भनाई छ । 

जवसम्म महिलाहरु आर्थिक रुपमा आत्म निर्भर बन्न सक्दैनन् तव सम्म आर्थिक सवलिकरण हुन सक्दैन भन्ने भनाई राख्ने संस्थाका अध्यक्ष चापागाई घरेलु उत्पादन गर्न सहज भएपनि बजारीकरण गर्न गाह्रो हुने धारणा राख्छन् । 

334906951_147512501524963_1649810390351024072_n

नमुना एकीकृत कृषि विउ उत्पादन समुहको स्थापनाको बखत महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको भएपनि हाल नमुना आफैँमा स्वायत्त संस्थाको रुपका विकास हुँदै गरेको छ । नमुनाको स्थापना बखत साना किसानले लगानी गरेको १५ लाख रुपैँयाको प्रतिफल आफुहरुले दिँदै आएको अध्यक्ष चापागाईले सुनाए । 

नमुनाले अहिले मकै धान र गहुँको वीउ उत्पादनमा आफुहरुले अहिले जोड दिइरहेको छ । अहिले रामपुर १६ र रामपुर १२ ब्राण्डको मकैको वीउ उत्पादन भइरहेको र २ जना बाली विज्ञले निरिक्षण र नियमन गरीरहेको नमुना बताउँछ ।  

कुनै समय निकै संघर्ष गर्दै अहिले नमुनाको रुपका विकास भएको यो सामुहिक कृषि वीउ उत्पादन केन्द्रमा भ्रमण गर्ने र कृषिको बारेमा जान्न बुझ्न चाहानेको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । 

स्थापनादेखि हालसम्म २ हजार भन्दा बढीले आफ्नो एकीकृत वीउ उत्पादन केन्द्रको भ्रमण गरीसकेको अध्यक्ष चापागाई बताउँछन् । टाढाबाट आउने भिजिटरहरुलाई लक्षित गरेर नमुनाले अहिले पाहुना घर समेत निर्माण गरेको छ । एयर कण्डिसन सहित निर्माण भएका पाहुना घरमा एक सय जना सम्मलाई राख्न सक्ने क्षमता रहेको छ । 

नमुना एकीकृत विउ उत्पादन केन्द्र भित्र १८ जना लघु उद्योगमा का मगर्ने छन् भने ४ जनामा मासिक तलव र अन्य २ जना स्टाफ पाहुँना घरको लागि राखिएका छन् । 

वीउ उत्पादनका लागि नमुनाले अहिले ६० बिघामा धान खेती गरिरहेको छ भने ७ हेक्टरमा रामपुर १२ र रामपुर १६ मकैको वीउ उत्पादन गरिरहेको छ । 

सहकारी संस्थाहरुले नाफा कमाउने भन्दा पनि सदस्यहरुको जिवन स्तरलाई माथि पुर्याउने तर्फ लक्षित हुनुपर्ने नमुनाका अध्यक्ष वेदनिधि चापागाईले सुझाए । नमुनाले अहिले आफ्ना सदस्यलाई प्रतिबर्ष ३६ मन धान बराबरको रकम दिने गरेको छ । प्रतिमन १ हजार ३५० का दरले बर्षको एक बिघा जग्गा हुने सदस्यले ४६ हजार रुपैँया पाउने नमुनाले बताएको छ ।