तेह्रथुमः ताप्लेजुङको उत्तरी गाउँमा खसेको पहिरोसँगै तमोरमा आएको बाढीले ३ वर्ष पहिले खोलामा पाइने माछा सखाप पार्याे । जसका कारण माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी बिचल्लीमा परेका छन् ।
तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर किनारमा रहेका माझी परम्परागत पेशाबाट विस्थापित भएका हुन् । तमोर किनारका यी बस्तीमा करीब १ सय ५० माझी परिवारको बसोबास रहेको छ ।
पहिरो खसेपछि तमोरमा आएको बाढीले आफूहरूको रोजीरोटी पनि बगाएको राईहरु बताउँछन् । बाढीपछि दिनभर माछा मार्दा पनि १ केजी पनि माछा मार्न नसकेको माझीहरू बताउँछन् ।
बाढीपछि माछा मार्ने काम ठप्प भएपछि माझी युवा माछा मार्ने औजार थन्क्याएर वैदेशिक रोजगारमा लागेका छन् । काम गर्नसक्ने युवाले घर छाडेपछि गाउँमा भने केटाकेटी र बुढाबुढी मात्रै रहेका छन् । पाँचथरको कुम्मायक गाउँपालिकाको स्याबरुम्बा
लुमुघाटकी दिलकुमारी माझीका अनुसार बाढीले माझी परिवारको पुख्र्यौली पेशामात्रै विस्थापित गराएन कतिपय माझी परिवारको घरखेत बगाएको हुनाले विस्थापित हुन पुगेका छन् ।
२०३५ सालमा तमोरमा आएको यस्तै ठूलो बाढीले सबै माछा बगाउँदा ५ वर्षसम्म माछा नभेटिएको स्थानीय बताउँछन् । तमोरका अधिकांश घाटमा पुल बनेपछि डुङ्गा चलाउने पेशाबाट पनि विस्थापित हुनुपरेको माझीहरू बताउँछन् ।