इटहरीः एक बर्षअघि मात्र  डिभी लटरीमार्फत अमेरिका पुगेका  झापाको दमक नगरपालिका–९ घर भएका २६ वर्षीय खगेन्द्र पौडेलको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । 

अमेरिकाको वोस्टनमा बस्दै आएका उनको दुई दिनअघि सडक दुर्घटनाबाट मृत्यु भएको त्यहाँ रहेका शिव साहले जानकारी दिएका छन् ।

उनका अनुसार तीन जना सवार कारलाई ट्र्याक्टर टेलर गाडीले ठक्कर दिएको थियो । ठक्करबाट दुई जना भने बाँच्न सफल भएका छन् भने पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । मृतक पौडेल साथीहरूसँग घुम्न पेन्सल्भिनिया गएका थिए । 

मृतक नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व मन्दिरा पौडेलका एक मात्र छोरा हुन् ।