इटहरीः धार्मिक तथा सांस्कृतीक महत्व बोकेको पर्व होलीलाई मर्यादित बनाएर भव्यताका साथ मनाउन इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी माधव काफ्लेले अनुरोध गरेका छन् ।  

होलीमा नसालु जन्य पदार्थ सेवन गरेर सवारी साधन चलाउने , एउटा मोटरसाइकलमा २ जना भन्दा बढी चढ्ने साथै हेलमेट नलगाउने जस्ता गतिविधि गरेमा कानुन बमोजिम कारवाही गर्ने डिएसपी काफ्लेले बताएका छन् । 

इलाका प्रहरी कार्यलय इटहरीले होलीको सुरक्षा सतर्कता बढाउन मोवाइल टोली खटाएको , मोटरसाइकलमा पनि प्रहरी परिचालन गरेको साथै चेक पोष्टहरु खडा गरेर कडाईका साथ चेकजाँच गरिरहेको बताएको छ । 

होलीमा जथाभावी लोला हान्ने, रुचि नभएकाहरुलाई रंग दल्ने, रंगमा विभिन्न प्रकारका मिसावट युक्त रंगहरुको प्रयोग समेत नगर्न इलाका प्रहरी कार्यलय इटहरीले अनुरोध गरेको छ । सुरक्षाको कारण देखाउँदै बाटामा आयोजना हुने बिभिन्न प्रकारका होली बिषेश कार्यक्रमहरु यसपाला गर्न दिइएको छैन भने होलीलाई मर्यादित बनाउन माइकिङ्ग गर्नुका साथै आफ्नो सामाजिक संजालको प्रयोग गर्दै प्रहरीले जनचेतना फैलाउने काम समेत गरिरहेको छ । 

होलीको दिन ठुला भिडभाडका कार्यक्रममा सहभागी नहुन, टाफिक नियमको पालना गर्न, महंगा गहना नलगाउन, अरुलाई असर पर्नेगरी ठुलो आवाजमा म्युजिक नबजाउन, कसैको इच्छा विपरित रंग लोला, अण्डा, मोसो, तथा केमिकल र फोहोर पानी जन्य पदार्थ नछाप्याप्न समेत अनुरोध गरिएको छ ।