इटहरीः श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल (उपसचिव) लाई कार्यरत कार्यालयबाट सरुवा नगर्न इटहरीमा दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ ।

नियमविपरीत सञ्जेललाई इटहरीस्थित सीप विकास तालिम केन्द्रमा सरुवा गरिएको भन्दै दबाब कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न सङ्घ संस्थामा आबद्ध युवाहरू इटहरीको मुख्य चोकमा भेला भई उनको सरुवा बदर गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ‘सञ्जेलको पक्षमा छु’, ‘भ्रष्टाचार अन्त्य गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूले सञ्जेलको पक्षमा प्रदर्शन गरेका थिए ।

48425363_2048948412063900_5498100979796541440_n

सञ्जेललाई छोटो समयमा नै सरूवा गरेको विषयले केही दिनदेखि मिडिया र सामाजिक सञ्जालमा बहस सिर्जना भएको थियो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सञ्जेलको पक्षमा ट्वीट गरेका थिए । मङ्गलबार गरिएको सो ट्वीटमा सञ्जेललाई आफूले नचिनेको तर उनी मुख्य सचिव हुनुपर्ने मान्छे भएको भन्दै ट्वीट गरिएको थियो ।

सञ्जेलले २ दिन अघि विराटनगरमा पत्रकार सम्मेलन नै गरेर आफूमाथि अन्याय भएको र विनाकारण सरुवाको पूर्जी थमाइएको बताएका थिए ।

48991620_523500764821931_5539622000605003776_n