इटहरीः इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले उद्योग वाणिज्यका क्षेत्रमा रहेका तमाम समस्याको समाधानका लागि पहल सुरु गरेका छन् । 

अध्यक्ष पराजुलीले बुधबार वस्तुगत संघहरुलाई कार्यलयमै अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै उनिहरुका समस्या बुझ्ने काम गरेका छन् । 

समसाममयिक विषयमा अन्तरक्रिया गर्दै पराजुलीले  इटहरीका वस्तुगत उद्योगी व्यवसायीहरुका समस्याका समाधानका लागि पहल थाल्ने बताएका छन् । 

इटहरीमा व्याप्त पार्किङको समस्या र बैँक कर्जाका कारण व्यवसायीहरुलाइ परेको समस्या लगायतका बिषय सम्बोधन गरिनुपर्ने व्यवसायीहरुले जोड दिएका थिए । 

336277587_1557442888080252_1261406911660063814_n

इटहरीमा पार्किङ समस्याको उचित व्यवस्थापन नहुँदा व्यवसायीहरुले झेल्नुपर्ने समस्या र कोरोना कहरका समयदेखी निरन्तर खस्किदै गएको व्यवसाय क्षेत्रबाट आफुहरु प्रभावित भएको भन्दै व्यवसायीहरुले सहुलीयतताको माग गरेका थिए । 

उद्योग वाणिज्य संघ इटहरीसँग आबद्ध भएका वस्तुगत व्यवसायीका समस्या नजिकबाट नियाल्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउँदै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीका समस्याबारे स्थानीय सरकारसँग समन्वय गरेर समाधानका लागी  पहल गर्ने विश्वास व्यक्त गरेका थिए । बंैकको चर्को व्याजका कारण व्यावसायीहरु मारमा परेको बताउँदै उनले बैँकको व्याजदर घटाउन सरकारलाई दवाव दिने देखी लिएर दोहोरो कर व्यवस्थापनमा समेत आफ्नो भुमिका रहने बताए । 

इटहरी मुख्य चौकबाट ३ सय मिटर वरपर सम्म पार्किङ निषेध गरेपछी व्यवसायीहरुमा व्यापक असन्तुष्टि बढेको छ । 

उद्योग वाणिज्य सघ इटहरीको आयोजना बुधबार भएको व्यवसायीहरुमा अन्तरक्रिया कार्यक्रममा रेडिमेड व्यवसायी संघ इटहरीले यस्ता बिषय छलफलमा राखेको छ ।

१. मुख्य चौक देखि वरिपरी ३०० मिटरको सवारी पार्किङ निषेधको कारण सो क्षेत्र वरपर व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरुलाई प्रत्यक्ष असरको सामाधानको लागि यथाशिघ्र निणर्य गरी लागु गर्नुपर्ने  देखिन्छ । 

समाधानको लागि पुर्व पश्चिम बाटोको बिच भागमा रहेको गार्डनलाई हटाई  डिभाइजरको प्रयोग गरिए बाटो फाराकिलो बढ्नेछ र बाटोको दुबै भागमा रहेको फुटपाथमा मोटरसाइकल पार्किङ पनि पेटी भन्दा तल एकलाईन राख्न सकिनेछ जसलेगर्दा ग्राहकवर्गहरुलाई खरिद गर्नका लागि सहजतासँगै व्यापारमा केही थप सहयोग मिल्ने प्रष्ट छ ।

२.  साप्ताहिक बजार बन्दको निणर्य गरी बजारलाई जानकारी गराउने काम रेडिमेड व्यवसायी संघले गर्दै आएको यस उद्योग वाणिज्य संघलाई जानकारी भएको कुरा हो । यसलाई निरन्तरता दिने काम उद्योग वाणिज्य संघले लियोस भन्ने हाम्रो बुझाई हो । 

३.  दिनप्रतिदिन बर्षादको समयको सुरुवातभएसँगै  बजारक्षेत्रमा ढलहरु जाम भएर बन्द हुने पानीको निकास नभएका कारण बजारमा रहेका पसलहरुमा पानी पसी क्षति हुने गरेको यहाँहरुलाई जानकारी गराउँदै यस्ता किसिमका कार्यहरु उपमहानगरपालिकासँग समन्वय गरी ढल तथा नाला सफा वा खोल्ने काम तत्काल गरियोस् । 

४.  फुटपातमा व्यवसाय गर्दे आउनुभएका व्यवसायीहरुका कारण सटर लिएर सरकारको कर तिरी व्यवसाय गर्दै आउनुभएको व्यवसायहरुलाई प्रत्यक्ष असर परेका कारण फुटपातमा भएका व्यवसायीहरुलाई उचित व्यवस्थापन गर्ने कामको लागि सम्बन्धीत निकायसँग समन्वय गरेर यसकाका लागि पहल गर्नुपर्ने देखिन्छ । 

५. व्यवसायीहरुको मुख्य समस्या चर्को घरभाडाका कारण व्यवसायीहरु मारमा परेका छन् । यसलाई घरभाडाको लागि उचित पहल गरी मुख्यबजारमा एउटै भाडादर र कायम गर्नको लागि पहल गर्नुपर्ने देखिन्छ ।क्षेत्रगत हिसाबले पहिचान गरेर मुख्यचौकमा एउटा मुल्यदर र अलि पर एउटा मुल्यदर कायम गर्नका लागि सम्बन्धीत निकायसँग छलफल गरि तथा स्थानीय निकायसँग समन्वय गरि पहल गर्नुपर्ने देखिन्छ । 

६.  बैंकको बढ्दो व्याजदरले गर्दा आम व्यवसायीहरु मारमा परेका कारण बैंकको व्याजदर तिर्न नसक्ने अवस्थामा भएका कारण उद्योग वाणिज्य संघको पहलमा आम व्यवसायीहरुलाई जानकारी गराई चरणवद्धरुपमा बैकसँग पहल गर्नुपर्ने पहल गर्दा नभएमा विरोधका कार्यक्रम सार्वजनिक गरि बैंकलाई दबाब मुलक कार्यक्रमको लागि उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने देखिन्छ । व्यवसायीहरुसँग गरिएका सम्झौता विना कारण बैंकले आफ्ना मनोपोली बृद्धि गर्ने गरेको हामी व्यवसायीहरुलाई जानकारी गराउनु पर्ने कुरा समेत जानकारी नगराई एकलौटी ढंगमा बढाएको कारण यसको घोर विरोध गर्नुपर्ने  । 

७. मुख्यचौकमा रहेका व्यवसायीहरुका पसलमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका कारण थलिएका व्यवसायीहरु अझ मारमा पर्ने गरेको यस यस्ता किसिमका घटनालाई समाधान गर्नका लागि सि।सि। क्यामरा जडान गरि त्यस्ता घटनाहरुलाई समाधान गर्नको लागि पहल गर्नुपर्ने देखिन्छ । 

८.उद्योग वाणिज्य संघमा रहेको सामाजिक कोषमा जम्मा भएको रकम अन्य स्थानमा खर्च गर्नुको सट्टा साना साना व्यवसायीहरुलाई वा जो समस्यामा परेका व्यवसायीहरुछन् उसको समस्यालाई सहयोग गर्ने किसिमको वातावरण उद्योग वाणिज्य संघले गर्दा प्रत्यक्ष सामाजिक कोषको सदुपयोग हुने देखिन्छ । 

९.उद्योग वाणिज्य संघको पहलमा इटहरी वरपर रहेको व्यवसायीहरुलाई लाभ हुने किसिमका कार्य नयाँ गुरुयोजनाहरु ल्याउनुपर्ने देखिन्छ । जसले गर्दा उद्योग वाणिज्य संघलाई आयस्रोतको बाटो बन्न सकोस । जस्तै संगीतचौक, विरेन्द्रचौक, पुर्वलाईन, पश्चिमलाईनमा हेल्पडेक्स राखेर व्यवसायीहरुलाई इटहरी उपमहानगरपालिका, राजश्व घरेलु जस्ता निकायमा नविकरण तथा विल तिर्ने व्यवस्था मिलाएवापत केही रकम उद्योग वाणिज्य संघलाई आयस्रोत बनाउने किमिसका कार्यहरु अगाडि बढाउन हुन अनुरोध  छ। 

१०.  खनार तथा दुवबी क्षेत्रमा रहेको धेरै भन्दा धेरै फ्याक्ट्रीहरुलाई आफ्नो मातहतमा ल्याएर आयस्रोतका बाटो बनाउनको लागि पहल गर्नुपर्ने देखिन्छ । जस्तै कत्था फ्याक्ट्री, रिलायन्स, जस्तै अन्य फ्याक्ट्रीहरुबाट पनि आय्रस्रोत जुटाउनको लागि पहल गर्नुपर्ने देखिन्छ । 

११. विगत बर्षहरुमा उद्योग वाणिज्य संघले मेलाको आयोजना गर्दै आएको हामीमाझ जानकारी भएको हो । यसबाट उद्योग वाणिज्य संघलाई थोरै भए पनि आयस्रोतको बाटो बनेको हामीले महसुस गरेका थियौं । सो कार्यहरुलाई निरन्तरता दिने काम उद्योग वाणिज्य संघले गर्नुपर्दछ । यस्ता किसिमका कार्यले उद्योग वाणिज्य संघको आयस्रोत बन्न सक्दछ । 

१२.नेपालीहरुले प्रत्येक चाडहरुलाई सहजीकरणका साथ मनाइने भएका हुँदा यस्ता किमिसका चाडहरुलाई उद्योग वाणिज्य संघले आफ्नो कार्यक्रमहरु प्रस्तुत गरेर आयस्रोतको बाटो बनाउन सक्दछ । 

१३.उद्योग वाणिज्य संघको पहलमा आम व्यवसायीलाई समेटेर बार्षिक क्यालेण्डर बनाई त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने अवस्था रहेको कुरा पनि जानकारी गराउँन चाहन्छु । 

१३. उद्योग वाणिज्य संघको पहलमा प्रत्येक वस्तुगत संघहरुलाई विभिन्न उपसमितिहरुको संयोजक बनाई विभिन्न कार्यहरुमा प्रयोग गर्ने काम उद्योग वाणिज्य संघले गर्दा व्यवसायीहरुलाई प्रत्यक्ष लाभहुने कार्यमा अहम भूमिका रहने गर्दछ । जस्तै स्वास्थ्य, शिक्षा क्षेत्रमा इटहरी वरिपरी रहेका स्वास्थ्य तथा शिक्षामा रहेका प्राइभेट कम्पनीहरुसँग पहल गरि स्वास्थ्यमा केही प्रतिशत छुट तथा शिक्षामा केही प्रतिशत छुट दिने र सो वापत केही प्रतिशत उद्योग वाणिज्य संघमा जम्मा हुने व्यवस्था गर्न सकियो भने व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा हुने कुरामा पनि यहाँहरु समक्ष राख्न चाहन्छु ।