इटहरीः नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीको वार्षिक कार्यक्रम तथा अभिभावक दिवस शुक्रबार विद्यालयको प्राङ्गढमा आयोजना हुने भएको छ । 

नेपालको एकमात्र वैदिक मिसन स्कुलको बार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन भारतको प्रशिद्ध पतान्जली विश्वविद्यालयका निवर्तमान कुलपति डा.वाचस्पतिले प्रमुख अतिथिको रुपमा  गर्ने भएका छन् । 

डा वाचस्पती सोही कार्यक्रममा सहभागी हुन विहिबार इटहरी आइसकेका छन् । 

बिहिबार विद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रद्यानाध्यापक डा बेणुप्रसाद सिटौलाले नेपालको एकमात्र वैदिक मिसन स्कुलको रुपमा स्थापना भएको विद्यालयले विद्यार्थीका लागि पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलाप गराउने गरेको बताए । 

333407822_126528367038783_6421167898790164064_n

२०६९ सालमा स्थापना भएको  नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीले व्यावसायिक रुपमा नभई च्यारिटीको रुपमा विद्यालय सन्चालन गरीरहेको सञ्चालक समितिका अध्यक्ष ध्रुव कुमार लिम्बुले बताए ।

पत्रकार सम्मेलनमा विशेष समय लिएर बोल्दै प्रमुख अथिती डा.वाचस्पतिले वेदिक मिसन एकेडेमीको महत्व र यसले गरिरहेका कामहरुको बारेमा बताएका थिए । 

नेपाल सरकार तथा डिभिएम सोसाइटी भारतसँग सम्बधन प्राप्त विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै संस्कृत र दैनिक जिवनमा आवश्यक पर्ने कुराहरु शिक्षण सिकाई मार्फत प्रदान गरिरहेको बताएको थियो । विद्यालयले चैत ३ गते शुक्रबार बिभिन्न कार्यक्रम गर्दै आफ्नो बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने बताएको छ ।