प्रकाश बन्जारा 

इटहरीः धरानको खानेपानीको समस्यालाई केन्द्रमा राखेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्र विक्रम वेघा संघीय राजधानी काठमाण्डौ पुगेका छन् । 

राजधानीमा आफुहरुले प्रद्यानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा मन्त्री अशोक कुमार राई साथै योजना आयोग समेतलाई भेटेर धरानले भोगिरहेको समस्याको बारेमा अवगत गराएको नगर उपप्रमुख अइन्द्र विक्रम बेघाले बताए । 

सुनसरी क्षेत्र नम्बर १ बाट संघीय संसद छिरेका अशोक कुमार राई धरानकै जनप्रतिनिधि हुन भने प्रद्यानमन्त्री प्रचण्ड समेत धरान आएर मेयर हर्क साम्पाङ्गको अभियानमा एक दिन सहभागि गएर फर्किएका थिए । धरानको विकासका निम्ती प्रद्यानमन्त्री र मन्त्री दुवै सकारात्मक रहेको उपमेयर बेघाले बताए । त्यसो त मेयर हर्क साम्पाङ्गले मन्त्रीमा नियुक्त भएसँगै अशोक राईलाई बद्याई दिँदै धरानले मागेको विकासको बारेमा सम्झाएका थिए । मेयर साम्पाङ्गले आफ्नो फेसबुक पेजमा अशोक राईलाई बद्याई दिँदै ‘बद्याई छ दाजु अव खत्रा स्कुल बनाउनु पर्छ’ भनेका छन । 

337890346_6399943910057465_1502276798852603729_n

‘उपलव्धी मुलक भेटवार्ता चलिरहेका छन् । खानेपानी समस्या समाधानको मुल प्रश्न  लिएर हामी बिभिन्न मन्त्रालयमा भेटवार्ता गरिरहेका छौँ । ’उपमेयर बेघाले प्रदेश पोर्टलसँग भने । 

धरानको पर्यटकिय सम्भावना साथै शिक्षा, स्वास्थय , सचेतना लगायतका कामको लागि संघीय सरकारले गर्न सक्ने सहयोगको बिषयमा छलफल गर्न आफुहरु राजधानी पुगेको र भ्रमण भोली बुधबार सम्म रहने बेघाको भनाई थियो ।  

मेयर तथा उपमेयरको समुहले धरानको आवश्यकताको फेहरस्त समावेश भएको माग पत्र समेत प्रद्यामन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

शिक्षा मन्त्रीसँगको भेटमा आफुहरुले आदर्श मावि धरान १६ को भवन, राष्ट्रपति शैक्षिक सुधारमा विद्यालयको संख्या बढाउन,हर्दिया आधारभुत विद्यालयको ४ कोठे भवन बनाउन, जनता आधारभुत विद्यालयको ४ कोठे भवन लगातका लागि बजेट माग गरेको उपमेयर बेघाले बताएका छन् ।