इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा १५ शैयाको साई हस्पिटल शुक्रबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । 

नगर अस्पतालको रुपमा विभिन्न रोगको विशेषज्ञ सेवा सहित १५ शैयाको हस्पिटल रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले शुक्रबार रिवन काटेर उद्घाटन गरेका हुन । 

लामो समयदेखि साई मेडिकल हलको रुपमा सञ्चालन भएको उक्त स्वास्थ्य संस्थालाई हस्पिटलको रुपमा स्तरउन्नती गरिएको हो । 

संघीयता पछिको नयाँ मापदण्ड बमोजिम १५ शैया सम्मको हस्पिटललाई स्थानीय सरकारले नै स्वीकृति दिन सक्ने नियम बमोजिम रामधुनी नगरसरकारमा दर्ता भएर हस्पिटल सञ्चालनमा आएको हो । 

रामधुनी र आसपासका क्षेत्रमा सस्तो र सुलभ स्वास्थ्य सेवा पुर्याउने हिसावले साई हस्पिटलको परिकल्पना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गाप्रसाद फुयाँलले बताए । उद्घाटनको अवसरमा बोल्दै निर्देशक फुयाँलले रामधुनी नगरपालिकाले नगरमा रहेका विपन्न वर्ग छुटाउने काम गरे उक्त वर्गको लागि निःशुल्क स्वास्थ्य सेवा दिने र त्यसमा नगरसरकारले सहयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले नगरमा स्तरउन्नती भएको साई हस्पिटलले रामधुनी र आसपासका क्षेत्रका विरामीलाई धरान अथवा विराटनगरनै जानुपर्ने बाध्यतालाई हटाएको बताए । 

337289569_766919934819188_5303054867861876453_n

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका  बिभिन्न राजनितिक पार्टीका प्रतिनिधि, इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझी, रामधुनीनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेललगायतका शुभकामना व्यक्त गरेका थिए । 

हस्पिटलले उद्घाटनको अवसरमा शुक्रबार निःशुल्क ओपिडि सेवा सन्चालन गरेको छ भने  ल्याव र औषधिमा समेत छुट प्रदान गरेको बताएको छ । एक हप्ते कार्यक्रम सन्चालन गरेको साईले चैत्र २६ गते आइतबार अंगदान सम्बन्धि अन्तक्रिया गर्न लागेको छ भने चैत्र २७ गते रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ ।