इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १८ बस्ने कल्पना श्रेष्ठलाई स्तन क्यान्सर भई उपचार गर्न आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । 

इटहरी उपमहानगरपालिकाको गत मंसिर २८ गते बसेको कार्यपालिका बैठकले समेत कल्पनालाई क्यान्सर रोग लागेको भन्दै उपचारको लागि आर्थिक सहायता गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । २८ बर्षीया कल्पनाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको परिवारले बताएको छ । 

337051085_3953216278238798_2618337143866598706_n

इटहरी स्थानीय सरकारले श्रेष्ठको विपन्न नागरिक औषधी उपचार कोषबाट सहुलियत सेवा पाउने गरिउपचार गरिदिन सिफारिस गरेको छ । 

कल्पनाको अहिले किमो थेरापी भइरहेको परिवारले जनाएको छ । वैदेशिक रोजगारीमा गएका कल्पनाका श्रीमान भेषराज पहिले अटो चलाउने गरेको भएपनि अहिले श्रीमति बिरामी भएपछि आम्दानीका कुनै श्रोत नभएकाले उपचारमा ठूलो समस्या आएको बताइएको छ ।

340358558_1623071038115847_907561807128906489_n

उनले आफु आफ्नो श्रीमतिलाई उपचार गरि बचाउन चाँहेको र त्यसका लागि आर्थिक अवस्था कमजोर भएकाले सकेको सहयोग गर्न सबै सहयोगी मनहरुलाई  याचना गरेका छन । 

उनले सकेको सहयोग आफुले प्रभु बैंकमा खोलेको भेषराज श्रेष्ठको खाता नम्बर २६७७०६७४४०१०००१८ मा गरिदिन बिषेश अनुरोध गरेका छन् । 

kalpana 2 1