इटहरीः आजदेखि इटहरीमा संयुक्त खस क्षेत्री एकता समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको हुने भएको छ ।
अधिवेशनमा ५ बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने बताइएको छ ।
सो महाधिवेशनले इटहरी घोषणापत्र जारी गर्ने बताइएको छ । समाजका अध्यक्ष माधवप्रसाद थापाका अनुसार समसामयिक विषयसँगै सम्पूर्ण जातजातिको समान पहुँच स्थापित हुनुपर्ने कुरामा खस क्षेत्री एकता समाजले विशेष जोड दिने तयारी गरिरहेको छ । महाधिवेशनले समाजको नयाँ नेतृत्वको समेत चयन गर्ने थापाले बताए ।