प्रकाश बन्जारा 

इटहरीः इटहरीका व्यावसायीले बैँक तथा वित्तीय संस्थाले व्यापारीहरुको सामाजिक प्रतिष्ठा ख्याल नगरेको र मानसिक तथा शारिरिक यातना दिएको आरोप लगाएका छन् । 

बँैक तथा वित्तीय संस्थाहरुले बँैकको एक अंकमा सम्झौता गरेको बैँकको व्याज १६,१७ हुँदै २० प्रतिशतसम्म पुर्याएको साथै समय देउ म तिर्छु भन्दा भन्दै पनि घरमै आउने ताकेता गर्ने गरेर व्यक्ति तथा व्यावसायीको सामाजिक प्रतिष्ठाको अवहेलना गरेको बताएका हुन । 


इटहरी उद्योग वाणिज्य संघले मंगलबार राखेको बैँक तथा वित्तीय संस्थाको व्याजका सन्र्दभमा अन्तक्रिया कार्यक्रममा आफ्नो समस्या राख्दै व्यावसायीहरुले बैँक तथा वित्तीय संस्थाले व्यावसायीलाई नियम विपरित बिभिन्न माध्यमबाट यातना दिइरहेको बताउँदै त्यसका लागि आफुहरु एक हुनुपर्ने धारणा राखेका हुन । 

इटहरीमा व्यावसाय गर्दै आएकी व्यावसायी मिना कार्कीले बैँकले आफुलाई चर्चर दिने, मानसिक अवस्थाको ख्याल नगरी घरमा आउने र पढालेखा नानी बाबुलाई मानसिक तनाव दिने काम गरिरहेको बताइन । कार्कीले आफुले पैसा नतिर्ने भनेर नभनेको बताउँदै बरु किस्ता नतिर्दा गर्नुपर्ने प्रोसेस अगाडि बढाएपनि सामाजिक प्रतिष्ठाको ख्याल गर्दै मानसिक यातना दिन छाड्नुपर्ने धारणा राखिन ।  

337780644_1275364749738729_1953831076679020778_n

इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष तथा व्यावसायी दिपक गौतमले व्यापारीहरु परिस्थिती जन्य शिकार भएको बताउँदै अहिले चैत्र महिनासम्मको व्याज तथा किस्ता असार सम्ममा तिर्नेगरी बैँक तथा वित्तीय संस्थासँंग पहल थाल्नुपर्ने बताउँछन् । गौतमले उद्योग वाणिज्य संघको तर्फबाट समय देउ हामी किस्ता तिर्छौँ भन्ने हिसाबले बैँक तथा वित्तीय संस्थासँग जानुपर्ने अवस्था आएको बताए । 

अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका पूर्व नगरसभापति मेदनी सिटौलाले बैँकको व्याजका कारण मानविय क्षति हुनबाट जोगाउन उद्योग वाणिज्य संघको तर्फबाट पहल हुनुपर्ने धारणा राखेका थिए । यता अर्का पूर्व सभापति विरेन्द्र कार्कीले बँैक तथा वित्तीय संस्थालाई कहाँ कहाँबाट दवाव दिन सकिन्छ त्यो गर्नुपर्ने र ७ प्रतिशतमा लिएको ऋणको व्याज कसरी १७ प्रतिशत भयो भनेर सोध्नु पर्ने बताए । 

जनताको क्रयशक्ति कम भएको भन्दै सहभागीहरुले अहिलेको अवस्थामा जनताले १६ ,१७ प्रतिशतको बैंक व्याज तिर्न नसक्ने बताएका थिए । आर्थिक मन्दीको समयमा व्यावार नै नभएको अवस्थामा बँैकले तनाव दिइरहँदा व्यावसायीलाई बैँकको तनाव, कर्मचारीको तलव, घरभाडा लगायतका विषयको भार निकै बढी भएको टिप्पणी गरेका थिए । 

उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष विष्णुप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापारीलाई बैँकले तनाव दिएको खण्डमा उद्योग वाणिज्य संघ जतिवेला पनि उपलव्ध हुने र व्यावसायीको हितका लागि काम गर्ने बताए । उद्योग वाणिज्य संघले चाँडैनै एउटा समिति बनाएर बैँक तथा वित्तीय संस्थाले दिएको सामाजिक  तथा मानसिक तनावको लागि काम गर्ने बताए । उद्योग वाणिज्य संघ विशुद्ध व्यापारीहरुको संस्था भएकाले व्यापारीका लागि बैँक तथा वित्तीय संस्थाले दिने गरेको तनावलाई तुरुन्त रोक्ने बचन दिए ।