इटहरीः झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।

जिल्लाको गौरादह नगरपालिका १ को नवदुर्गा पेट्रोलपम्म नजिक दुर्गा प्रसाईंकी श्रीमती सुमित्रा प्रसाईंले शनिबार साँझ झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख चन्द्रिकाकुमार श्रेष्ठले घटना आत्महत्या हुनसक्ने भएपनि अनुसन्धान भइरहेको बताएका छन ।

Admission Open NNew

प्रसाईले आफ्नै कोठामा गलामा पासो लगाएर झुन्डिएको परिवारले बताए पनि प्रहरी पुग्दा पासो काटिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौराहदले बताएको छ ।

ईलाका प्रहरी कार्यालय दमकले घटना आत्महत्या हुनसक्ने तर पोस्टमार्टम रिपोर्ट नआई केही भन्न नसकिने जानकारी दिएको छ। स्पोटको प्रारम्भिक अनुसन्धानमा र परिवार, मृतकका दुईजना भाइहरु समेतको सोधपुछमा घटना आत्महत्या हुनसक्ने प्रहरी बताउँछ ।

मृतका आफन्तले भने उनको हत्या भएको आशंका गरेका छन् । घटनाको निश्पक्ष छानविन हुन पर्ने माग राखेका छन् ।