इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै सेक्युरिटि प्रिन्टिङ्ग प्रेसको सामाग्री खरिद काण्डमा अनियामितता भएको भन्दै ९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपनि नेपाल टेलिभिजनमा पनि अनियमितता भएको भन्दै त्यसको छानविन गर्न त्यहीँका उच्च तहका कर्मचारीले माग गरेका छन । 

सेक्युरिटि प्रेस खरिदमा ६९ करोड हिनामिना गरेको आरोपमा अख्यितारले तत्कालिन कार्यकारी निर्देशकसहितलाई मुद्धा दायर गरेपनि करोडौँ खर्च गरेर अनावश्यक र अपुरो अनि नक्कली सामान किन्ने अन्य निकायका शक्तिशालि पुजारी विरुद्ध पनि कार्बाहीको आशा जागेको बताउँदै हाल नेपाल टेलिभिजनको इटहरी च्यानल प्रमुख राजेन्द्रराज तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हालेका छन् ।  

उनि केही साता मात्रै इटहरी च्यानलको प्रमुख भएर आएका हुन् । यसअघि उनि काठमाडौंको सिंहदरबार स्थित नेपाल टेलिभिजनको केन्द्रिय कार्यालयमा कार्यरत थिए । 

logo

नेपाल टेलिभिजनमा पनि आवश्यक नै नभएका करोडौँका उपकरण, अपुरो यन्त्र र नक्कली सामान किनाएर संस्थानलाई टाट पल्टाउने काम भएको भन्दै उनले त्यस्तालाई पनि कारवाही गर्न अख्यिातर दुरुपयोग अनुसन्धान आयोगलाई भनेका छन् । 

‘अटोमेसन अपुरो किन्ने, पुरो बनाउन थप रकम खर्च गराउने र पिनकोड, भारतीय कम्पनीलाई दिएर ५० केभिको भिडियोलाई ५० जिवि बनाएर साँठगाँठ गर्ने देशघातीहरु माथी शुन्य सहनशिल होउ अख्यिार । पहिलो खोलेका टेण्डर रद्ध गरीगरी सोचविचार पुर्वक साँठगाँठको कम्पनी मार्फत यसरी कमसल र नक्कली सामान खरिद गर्ने र गराउनहरुलाई कारवाही नगरी भ्रष्टाचार नियन्त्रण हुदैन । कारवाही गर अख्तियार।’ तिमल्सिनाले लेखेका छन् ।

341268773_779702647060276_196653980469412632_n

उनले हिजो साँझ फेसबुकमा स्टाटस हाल्न साथ टेलिभिजन भित्र निकै ठूलो हलचल मच्चिएको छ । धेरै इमान्दार कर्मचारीहरुले राजेन्द्रले उठाएको बिषयमाथि पनि अख्तियारले गम्भिर रुपमा छानविन हुन पर्ने माग राखेका छन् । राजेन्द्रको स्टाटसले नेपाल टेलिभिजनको हालको संचालक समिति , सञ्चारमन्त्रालय र अख्तियार गम्भिर हुन्छ हुदैँन सबैले चासोका साथ हेरेका छन् । राजेन्द्रले इटहरी च्यानल प्रमुख भएर आएलगत्तै इटहरी च्यानलमा पनि संस्थानलाई नोक्सान हुनेखालका कार्यहरु रोक्न थालेका छन् । उनले डिजेल खरिदमा हुँदै आएको ठूलो खर्च आएकै केही दिनमै रोकेका छन् । उनकै पहलमा विधुत प्राधिकरण  विराटनगरलाई आग्रह गरि ट्रान्सफरमर जडान गरेर विद्युत समस्या हलगरी अनावश्यक खर्च कटौती गरेका छन् । 

Admission Open NNew