प्रकाश बन्जारा 

 इटहरीः कोशी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले अनुदानको नाममा साथी र पार्टीका कार्यकर्ता पाल्नेकाम आफुले बन्द गर्ने बताएका छन् । 

आइतबार सुनसरीको झुम्का उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले सो कुरा बताएका हुन । 

ठुलो स्केलमा कृषी गर्नेहरुलाई सरकारले ऋणको व्याजमा ३ बर्षसम्म पर्खनेगरी नीति बनाउने तर फायल बोकेर अनुदानका लागि धाउनेहरुका लागि अव प्रदेश सरकारको मन्त्रालयको ढोका बन्द भएको बताए । 

सहकारीहरुमा बचतकर्ताको बचत लिएर जग्गामा लगानी गरेका कारण ५ लाख रुपैँया बचत गरेको बचतकर्ताले हजार रुपँैयाको चेक लिएर आउँदा समेत पैसा नपाउने अवस्था रहेको बताउँदै त्यस्तो विकृती अन्त्य गर्न सरकार लागि परेको बताए । 

पहाडको जमिन बाँझो रहेका कारण जंगलको भु–भाग बढेर गएको बताउँदै मन्त्री सिटौलाले राजनिति गर्ने मान्छेहरुले सही राजनिति गरेको भए गाउँ खाली हुने अवस्था नआउने बताए । अहिले देशमा जंगलको भाग ४६ प्रतिशत पुगेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य सिटोलाले कृषी राम्रो भए पशुपालन राम्रो हुने र त्यसो भएमात्रै देश राम्रो हुने बताए । 

341089583_628757649066608_511738049530947327_n

उद्योग तथा व्यापारको क्षेत्रमा अवस्था नाजुक रहेको बताउँदै उनले बैँक व्याजका कारण समस्यामा रहेका बताउँदै कृषि क्षेत्रमा के कसरी विकास गर्न सकिन्छ आफ्नो सुझाव सहित मन्त्रालय आउन कृषक तथा उद्यमी व्यापारीलाई मन्त्री सिटौलाले आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै रामधुनी नगरपािलकाका नगरप्रमुख शंकरलाल चौधरीले उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिलाई शुभकामना दिँदै झुम्कालाई कस्तो बनाउने कसरी विकास गर्ने र कुन धारमा लैजाने भनेर आफु लागिपरेको बताए । नगरप्रमुखबाट वितरण गर्ने बजेट ५ करोड आएकोमा आफुले ९ वटै वडामा ५० लाखका दरले गौरवका आयोजनामा खर्च गरेको बताए । 

340846809_536709261932192_3266702397059739168_n

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सुनसरी जिल्ला अध्यक्ष गोविन्द्र निरौला, राप्रपा नेपालका सुनसरी अध्यक्ष लगायतले शुभकामना व्यक्त गरका थिए । नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष बलाराम चौलागाई, झुम्का जेसिजमा अध्यक्ष कमला कार्की थापा, रामधुनीनगरपालिकाकी उपमेयर तारा थापा लगायतको उपस्थिती थियो । 

कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्ली कार्कीले झुम्का उद्योग वाणिज्यसंघको नव निर्वाचित कार्यसमितलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरे । उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा  नविन चौधरी विजयी बनेका छन् भने अन्य पदमा पनि अधिकांश उनकै प्यानलबाट विजयी बनेका थिए ।

Admission Open NNew