धरानः कार्यपालिका बैठकमा वडाअध्यक्षहरु उपस्थित नभएपछि सोमबरका लागि डाँकिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगीत भएको छ । 

२० वटा वडा रहेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा  ३ जना मात्र वडाअध्यक्षहरु आएपछि गणपुरक संख्या नपुगेर बैठक स्थगीत भएको हो । 

बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै मेयर हर्क साम्पाङले बैठक भोली र पर्सी पनि निरन्तर बोलाउने बताएका छन् । बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ६ का अध्यक्ष भुपेन्द्र भट्टराई, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई र ४ का वडाअध्यक्ष धनबहादुर राई मात्र उपस्थित भएका थिए । 

 वडाअध्यक्षहरुले महत्वपुर्ण एजेण्डाहरु पास हुन नसकेको भन्दै चित्त नबुझेको कुरा बैठकमै राख्नुपर्ने भन्दै अनुपस्थित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुप्रति असन्तुष्टी पनि प्रकट गरे । गत चैत १ गते कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरि मेयरका स्वकिय सचिवको पत्रको बिषयले स्थगीत भएको थियो । 

Admission Open NNew

यता बैठकमा उपस्थित नभएका वडा अध्यक्षहरुने भने आफुहरुको पाँच बुँदे माग पुरा नभएसम्म बैठकमा उपस्थित नहुने बताएका छन् । 

कार्यपालिका बैठकमा सहभागी हुने कि नहुने भन्ने बारे एमाले, कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले ५ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहेको बताए । उनले भने, ‘५ बुँदे माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी छ । आजको बैठकमा हामी उपस्थित जनाउदैनौं ।’

गत चैत १ गते भएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको थियो । मेयरका स्वकीय सचिव सुर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई पठाएको पत्रको बिषयमा अध्यक्षहरुले कुरा उठाएपछि बैठक अघि बढ्न सकेको थिएन । बैठक एजेण्डामा प्रवेश नगरेपछि मेयर साम्पाङले स्थगित गरेका थिए । लगत्तै वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै विभिन्न ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए । 

उनिहरुमा मागमा मेयरले सार्वजनिक आत्मालोचना सहित माफी माग्नुपर्ने , अयोग्य स्वकीय सचिवले अध्यक्षहरुलाई निर्देशनात्मक पत्र लेखि पदको दुरुपयोग गरेकोमा स्वकीय सचिवलाई कारवाही गर्नुपर्ने लगायत छन ।