इटहरीः त्रिभुवन व्रिश्वविद्यालय अन्तर्गत इटहरीको जनता क्याम्पसमा स्नातक पहिलो बर्षको परिक्षा दिन गएकी छात्रा रचना पुरीले आफुलाई सर्ट ट्वाइलेट जानबाट रोकिएको बताएकी छन । 

त्रिभुवन विश्वविद्यालयले लिएको स्नातक पहिलो बर्षको सोमबारको परिक्षामा आफुले सर्ट ट्वाइलेज जान लाग्दा गार्ड बसेका एक जना शिक्षक र एक जना शिक्षीकाले खानतलासी लिएको र केही नभेटिँदा समेत सर्ट ट्वाइलेट जान नदिई कक्षामा जान बाध्य पारेको रचनाले खुलासा गरेकी छन् । 

१ घण्टा ५० मिनेट तिर पिसावले च्यापेपछि ट्वाइलेट हिडेकी रचनालाई गार्डले चिट खानतलासी गरे पछि पनि ट्वाइले जाने भए कापी खोसेर राखिदिने चेतावनी दिएपछि आफुले परिक्षा राम्रो दिन नपाएको उनको गुनासो छ । 

rachana puri

१ घण्टा पन्ध्र मिनेट देखि पिसावले च्यापेरा बाहिर निस्कीदाँ समेत पिसाव फेर्न नपाएपछि उनले सामाजिक सञ्जाल मार्फत आफ्नो गुनासो सार्वजनिक गरेकी हुन । 

टियु स्टुडेन्ट नामक फे सबुक पेजमा उनले आफ्नो गुनासो सार्वजनिक गरेकी हुन  । गुनासो सार्वजनिक भएपछि जनता कलेज इटहरी र उनलाई यस्तो हर्कत गर्ने शिक्षक शिक्षिकाको सवत्र विरोध भईरहेको छ । उनिहरुले समाजिक सञ्जालमै तथानाम गाली खाईरहेका छन् । 

Admission Open NNew