इटहरीः नेकपा एकीकृत समाजवादी इटहरी वडा नम्बर ४ को अधिवेसनले झलक वनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । 

गत शनिवार सम्पन्न भएको अधिवेसनबाट नेकपा एकीकृत समाजवादीका सल्लाहाकार परिषद सदस्य रमेश कुमार बिष्टलाई अभिनन्दन गरेको छ भने विरबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । 

अधिवेसनमा पार्टीका वडा कमिटी अध्यक्ष झलक वनले आफ्नो कार्यकालमा गरेका २७ वटा कामको बारेमा बताउँदै आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए भने शिक्षा स्वास्थ्य, विकास निर्माण र खेलकुकको क्षेत्रमा वडाबासीको मनोवल बढाउने काम गरेको बताएका थिए । 

341258949_183824851186287_1039966308637202440_n

वनले आगामी कार्यकालका लागि समेत अध्यक्षमा निर्वाचित भएका छन । 

। नव गठित कार्यसमितिको उपाध्यक्षमा सकुन्तला विश्वकर्मा र शिवराज परियार छन् भने सचिवका दिपक कट्वाल निर्वाचित भएका छन् । नव गठित कार्यसमिती २५ सदस्यीय बनेको छ । 

वडा कमिटी अध्यक्ष झलक वनको अध्यक्षतामा बसेको सभाको प्रमुख अतिथी महेश रेग्मी थिए भने विशिष्ट अतिथीमा केशव कुमार बिष्ट रहेका थिए ।

322190326_911950426689366_6910802946977421654_n