प्रकाश बन्जारा 

इटहरीः संघीय सरकारले अपेक्षा अनुसार राजश्व असुलीमा गिरावट आएपछि बिभिन्न बजेटमा २० प्रतिशत खर्च कटौतीको असर लक्षित बर्गमै परेको छ । 

रामधुनी नगरपालिकामा शिक्षा, स्वास्थ्य, बालबालिका तथा सहकारी लगायतका लक्षित वर्गका लागि छुट्टाइएका बजेट प्रभावित बनेका छन् ।  

संघीय सरकारले केही गौरवका विकास आयोजना बाहेकको तालिम, तथा अन्य कार्यक्रमको बजेटमा २० प्रतिशतले कटौती गरेर बजेट नपठाएका कारण लक्षित बर्गका  कार्यक्रम प्रभावित बनेका हुन । 

बालमैत्री नगरको रुपका घोषणा भएको नगरपालिकामा बालमैत्री जनचेताना जगाउने बिभिन्न सुचकहरुको कार्यक्रम गर्न नै नपाएको बालमैत्री सम्पर्क व्यक्ति अमन ढुगेलले सुनाए । 

बजेट कटौतीको ठुलो असर बालमैत्रीका क्षेत्रमा परेको अमनको भनाई थियो । नगरसभाले पास गरेको रातो कितावमा शिर्षक भएपनि बजेट नभएपछि शिक्षा शाखासँग, स्वास्थ्य शाखासँग मिलेर गर्नुपर्ने थुपै्र कार्यक्रमहरु गर्न नपाएको ढुगेलले बताए । बालमैत्री घोषणा भएपछि बार्षिक रुपमा पुरा गर्नुपर्ने सुचकहरु प्ुारा हुन नसकेको उनको भनाई थियो । 

177902233_314714006716111_3246429698657448470_n

नगरपालिकाले बजेट अभावका कारण बालश्रम सम्बन्धिको अनुगमन,  विद्यार्थी भर्ना अभियान, क्षमता विकास तालिम, साथै शिक्षा स्वास्थ्य तथा टोलविकास समितिहरुसँग मिलेर गर्नुपर्ने कार्यक्रम गर्न नपाएको बताएको छ । 

बालमैत्री शाखामा बालक्लवहरुको नियमित बैठक बाहेकको ठुलो खर्च आउने कार्यक्रमहरु चालु आर्थिक बर्षमा भएकै छैनन् । 

आफुहरुले चालु आर्थिक बर्षमा ८ वटा वडामा बालक्लवहरुको पुनर्गठन गरेको तर एउटा वडामा भने बालबालिका तयार हुँदा समेत बालक्लव पुनर्गठन हुन नसकेको बताए । 

यता बजेट अभावकै कारण अन्यौलतामा जकटिएको सहकारीको क्षेत्रमा गर्नुपर्ने तालिमको कार्यक्रम समेत प्रभावित बनेको पाइएको छ । 

नीति तथा बजेटमा समेटिएका थुप्रै योजनाहरु बजेटका कारण प्रभावित बनेको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा बताउँछन् ।

Admission Open NNew